कांग्रेस र उसका भ्रातृ संगठनका विज्ञप्ति र अभिव्यक्तिप्रति माओवादीको कडा आपत्ति

नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस पार्टी र उसको भ्रातृ संगठनद्वारा जारी विज्ञप्ति र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै रोल्पाको सुवर्णवती–६ गजुलमा भएको घटना सम्बन्धमा सत्यतथ्य र गहिराईमा पुगेर मात्र आफ्ना संस्थाका अभिव्यक्ति दिन आग्रह गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘ घटना श्रृखंला कसरी भयो र भविष्य के हुन्छ साथै घटनास्थलको छेउ टुप्पो नै थाहा नपाई हचुवा तालमा विज्ञप्ति छ्याप्छ्याप्ती निकाल्नु गैर जिम्मेवारीपन भन्दा अरु केहीँ हुनै सक्दैन ।

माओवादी केन्द्रले घटनाप्रति दुःख व्यक्त गर्दै घाइते विष्णु केसीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । गएको मंगलबार नेपाली कांग्रेसका कार्यकर्ता र माओवादी केन्द्रका कार्यकर्ताबीच विवाद भई झड्प हुँदा केसी घाइते भएको थिए ।

घटनालाई व्यक्ति विशेष भन्दा पनि पार्टीकरण गरी चुनावको मुखमा राजनीतिक रङ दिन खोजेकोमा माओवादी केन्द्रले दुःख व्यक्त गर्दै भनेको छ, ‘ घटनालाई नेपाली कांग्रेस पार्टी गजुलका केही नेता र कार्य कर्ताबाट संस्थागत गर्दै हिरो बन्ने र रोम जलाउने चालवाजीको रुपमा बुझ्न आग्रह गर्दछौं ।

हेर्नुहोस् विज्ञप्तिः

 

 

 

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!