‘कांग्रेस सुकुम्बासी उत्पादन गर्ने पार्टी’

'निर्वाचनपछि कम्युनिष्टको शासन आउँछ'

चितवन, मंसिर १३ । नेकपा माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभाका लागि समानुपातिक उम्मेदवार नारायण दाहालले नेपाली कांग्रेसले सुकुम्बासी उत्पादन गरेको आरोप लगाएका छन् ।

चुनावी घरदैलोका क्रममा बुधबार शक्तिखोर पुगेका दाहालले कांग्रेसले सुकुम्बासी उत्पादन गरेको उल्लेख गर्दै भने, ‘कांग्रेस युवाहरुलाई विदेश पठाउन र उद्योगधन्दा नीजिकरण र कलकारखाना बन्द गर्ने पार्टी हो ।’

पूर्वसांसद दाहालले बुधबारबाट कालिका नगरपालिकाको शक्तिखोरबाट घरदैलो अभियान शुरु गरेका छन् । साविक शक्तिखोर गाविसका विभिन्न स्थानमा घरदैलो गरेका दाहालले चितवनको विकासको मुल वामगठबन्धनले नै फुटाउने दाबी गरे ।

‘संवृद्धि र स्थिर सरकारका लागि अहिले वामपन्थीहरुबीच गठबन्धन बनेको छ’ दाहालले भने, ‘यो एकतालाई कसैले तोड्न सक्दैन, २१ गते हुने दोस्रो चरणको निर्वाचनपछि कम्युनिष्टको शासन आउँछ ।’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!