बम र हतियारले फाइदा गर्दैन नेता पुन

दाङ, मंसिर १३ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अब ध्वंस र हतियारले देशलाई फाइदा नगर्ने बताएका छन् ।

प्रेस सेन्टर र प्रेस चौतारी दाङले बुधबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वअर्थमन्त्री पुनले हिजो सँगै हतियार उठाएका मित्र (नेत्रविक्रम चन्द समूह) ले अहिले गलत समयमा फेरि हतियार उठाएको भन्दै गुनासो गरे । “हिजो आवश्यकता थियो र हामीले सँगै हतियार उठायौंँ तर अहिले यही संविधानबाट समाजवाद साम्यवादसम्म पुग्न सकिने ठाउँ छ”, उनले भने ।

नेकपाको हतियार अराजकता र अपराधीकरणका लागि प्रयोग हुन थालेको भनी उनले चिन्ता व्यक्त गरे । “नेकपाका गतिविधि आपराधिक र अराजनीतिक भइरहेका छन्,” पुनले भने, “हिजो जनयुद्धमा आमसभामा कतै बम विस्फोट भएको थिएन तर अहिले सभामा बम हान्न शुरु भएको छ । यो राजनीतिक काम भएन ।” सरकारले बम पड्काएर मान्छे मार्दा पनि केही गर्न नसकेको भनी पुनले आक्रोश व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!