त्रिशुलीमा बस खस्दा ७ को मृत्यु, २२ घाइते

त्रिशुलीमा खसेको बस अझैसम्म खाेजी जारी रहेको

काठमाडौँ, मंसिर १३ । बुधबार बिहान चितवनको इच्छा कामना गाउँपालिका ३ फिस्लिङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङख्या सात पुगेको छ।

दुर्घटनामा अन्य २२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दीपक श्रेष्ठले बताए।

काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको लु २ ख २९१ नम्बरको बस बिहान करिब सवा ९ बजे त्रिशुली नदीमा खसेको थियो। बसको अवस्था अझै पत्ता लाग्न सकेको छैन।

विपरीत दिशाबाट आउँदै गरेको ट्रकसित ठोक्किँदा बस त्रिशुलीमा खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बुझिएको डिएसपी श्रेष्ठले बताए।

बस काठमाडौंबाट २७ जना यात्रुको चलानी लिएर हिँडे पनि बीच बाटोमा कति यात्रु चढे भन्ने खुल्न सकेको छैन। अहिले जनपद, सशस्त्र प्रहरी तथा नेपाली सेना उद्दारमा खटिएका छन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!