चुनाव हार्ने देखिएपछि चन्द्र भण्डारीले गुल्मीका पत्रकारलाई गरे गाली

काठमाडौं, मंसिर १३ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं गुल्मी क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार चन्द्र भण्डारीले चुनाव हार्ने अवस्था देखिएपछि पत्रकारमाथि गम्भीर आरोप लगाएका छन ।

भण्डारीले गुल्मी जिल्लामा आफूले गरे भनी अरुले गरेका विकास निर्माणका कामका सम्बन्धमा गरेका झूठो दावीको पत्रकारहरुले भण्डाफोर गरेसँगै उनी सञ्चारकर्मीमाथि तल्लोस्तरकाे आरोपमा उत्रिएका हुन ।

चुनाव प्रचारका अभियानमा जिल्लामा भएका सबै विकास निर्माणका काम मैले गरेको हुँ भन्दै जनतामा भ्रम सृजना गर्दै हिडेका भण्डारीले बिपक्षीले केहि गरेनन भनेर आरोप लगाएसँगै जिल्लामा रहेका केही पत्रकारले सत्यतथ्य बाहिर ल्याएका थिए ।

भण्डारीका भ्रामक, कपोकल्पित र मनगणन्ते विकासे मतदाता ढाट्ने कुरालाई पत्रकारले जनतामाझ जस्ताको तस्तै प्रमाणसहित बाहिर ल्याएपछि उनी सामाजिक सञ्जालमार्फत पत्रकारमाथि खनिएका हुन ।

बुधवार बिहानै सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो कडा टिप्पणी गरेका हुन । उनको फेसबुक स्टाटसमा यस्तो लेखिएको छः

उनको उक्त बिचार बाहिर आएसँगै जिल्लाका पत्रकारहरुले पनि कडा आपत्ती जनाएका छन् । आफूले नै भ्रामक काम गर्दै हिड्ने अनि पत्रकारलाई दोष लगाएर उम्किन खोज्नु पानीमाथी ओभानु बन्नु जस्तै देखिएको पत्रकारहरुको प्रतिक्रिया छ ।

भण्डारीले गरेका केही राम्रा कामकाे पत्रकारले राम्रै कभरेज गरेका थिए । तर उनले जनतालाई भ्रममा पर्ने प्रयास गरेपछि पत्रकारले उनका गलत कुराको भण्डाफोर गरेका थिए ।

जिल्लामा बुटवल सालझण्डी सड्क, तीनमुखे पुलसहित अन्य ४२ वटा पुल मैले बनाएकाे हुँ भनेपछि त्यस्को खाेजी गरी पत्रकारले सत्यतथ्य बाहिर ल्याएका थिए । उनले जिल्लामा रहेका बोटेमाझीलाई आवास आफ्नै लगानीमा बनाएको अभिव्यक्तिका सम्बन्धमा पत्रकारले सत्यतथ्य बाहिर ल्याउने प्रयास गरेका थिए । आफ्नो गलत व्यवहारको पर्दाफास हुन थालेपछि पत्रकारमाथि खनिएका हुन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!