राजनीतिमा सामाजिक सञ्जालको भूमिका

काठमाडौं, मंसिर १३ ।  विभिन्न देशहरुमा रहेको मानिसहरु पछिल्लो समय सानो गाउँमा बस्ने छिमेकी भएका छन् । कारण हो सामाजिक सञ्जालको बढ्दो प्रयोग । गएको एक दशकमा सामाजिक सञ्जाले मानिसहरुलाई सानो घेरामा पुर्याइदिएको छ । नेपाल जस्तो सानो भुपरीवेष्ठित देशमा मात्र फेसबुक प्रयोगर्ताको संख्या नब्बे लाख रहेको एउटा तथ्यले देखाएको छ । पछिल्लो समय नेपाल लगायत विश्वका हरेक कुनामा रहेका देशहरुमा प्रयोग हुने सामाजिक सञ्जालका माध्यमहरुका फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युव, लिंकदिन आदि रहेका छन् ।

पछिल्लो समय सामाजिक सञ्जाजलले सबैमा एउटा छुट्टै तरङ्ग ल्याइदिएको छ । अरु सञ्चारका माध्यमको तुलनामा सामाजिक सञ्जालको कुरा गर्ने हो भने सामाजिक सञ्जाल फेसबुकलाई ५० मिलियन प्रयोगकर्ता सामु पुग्न केबल ९ महिना मात्र लागेको थियो भने त्यही ५० मिलियन प्रयोगकर्ताको बीच पुग्न रेडियोलाई ३८ वर्ष लागेको थियो भने टेलिभजिनलाई १४ वर्ष लागेको थियो त्यसैगरी इन्टरनेटलाई ४ वर्ष र आइपोडलाई ३ वर्ष लागेको थियो । त्यसैले सामाजिक सञ्जाल अन्य मिडिया र पत्रपत्रिकाको तुलनाम धेरैमाथी छ भन्दा कुनै दुइमत नहोला ।

यदी चुनावको लागि हुने खर्चको केही प्रतिशत मात्र कम भयो भनेपनि त्यो रकमलाई अर्को विकासको काममा लगाउन सकिन्छ । अहिले हुनगइरहेका प्रतिनिधी सभाको चुनाव हुनुको एउटा कारण देशविकास पनि हो ।

आजभोली राजनितीमा पनि सामाजिक सञ्जाललाई सर्वाधिक रुपमा प्रयोग गर्न थालिएको छ । पहिला पहिला विभिन्न पत्रपत्रिका, टेलिभजिन च्यानल, एफ. एम. रेडियोपोस्टर पम्पलेटको प्रयोग गरीन्थ्यो भने पछिल्लो समय अनलाईन सर्भे, विभिन्न प्रश्नावली बनाएर सामाजिक सञ्जाल र वेवसाइटहरुमा पोलिङ बनाउने, विभिन्न एप्सहरु र विभिन्न पेजहरु र गु्रपहरु बनाएर प्रयोग गर्न थालिएको छ । उदाहरणको लागि सन् २०१४ को लोकसभा चुनावलाई लिन सकिन्छ ।

त्यो समयभन्दा पहिला भारतमा काङ्गे्रसको अधिपत्व रहेको थियो । छिमेकी राष्ट्र भारतका हालका प्रम. नरेन्द्र मोदीले सामाजिक सञ्जाललाई चुनावी प्रचार प्रसारको माध्यम बनाएका थिए । ंंंंंंंंंउनको पाटी भा.ज.पा.ले अत्याधिक वहुमत ल्याएर विजयी हुनुमा सामाजिक सञ्जालको ठूलो भूमिका रहेको छ । त्यस्तै अर्को उदाहरणको लागि हामी अमेरिकाकालाई पनि लिन सक्छौ । जर्ज डब्लुबुसको पालासम्म टलिभिजन र अन्य मिडियाको प्रयोग गरीएको थियो भने ओबामाको समयदेखि सामाजिक सञ्जाललाई चुनावी प्रचारप्रसारको मुख्य माध्यम बनाइएको थियो । ट्रम्पले पनि ट्विटरलाई आफ्नो चुनावी प्रचारप्रसारको मुख्य माध्यम बनाएको थिए । ।

नेपाली राजनितीमा पनि चुनावी प्रचारप्रसारको लागि सामाजिक सञ्जालको अत्याधिक प्रयोग भइरहेको छ । हाल हुनगइरहेको प्रतिनिधीको सभाको र प्रदेशको चुनावको प्रचारप्रसारको लागि पनि सामाजिक सञ्जालको प्रयोग गइरहेको छ । पोस्टर पम्पलेटिङ गर्न नपाउने नियम लइाएपछि सबै उम्मेदबार सामाजिक सञ्जालतिर आफ्नो र पार्टीको चुनावी प्रचार प्रसारमा लागिरहेका छन् । हुनतः पछिल्लो समय पोस्टर पम्पलेटहरु टाँस्न नपाउने, माइकिङ गरी धेरै खर्च गर्न नपाइने नियमले पनि प्रभाव पारेको हुन सक्छ । हाम्रोजस्ता भूपरीवेष्ठित देश नेपालमा जेहोस् सामजिक सञ्जालमा मार्फत प्रचार प्रसार गर्नु आर्थिक हिसाबले पनि एकदमै राम्रो पक्ष हो । जहोस् सामाजिक सञ्जालको प्रयोगले चुनावी प्रचारप्रसारको बेला हुने वातावरणीय प्रदुषणलाई कम गर्न निकै मदत गरेको छ । विभिन्न मिडिया र पत्रपत्रिकाको तुलनामा सामाजिक सञ्जालमा प्रचार प्रसार गर्दा कम खर्च लाग्ने भएकोले यसलाई च्नावी प्रचारप्रसारको भरपर्दो माध्यमको रुपमा लिन सकिन्छ ।

तर नेपाली राजनितिक क्षेत्रको कुरा गर्ने हो भने सामाजिक सञ्जालको दक्ष प्रयोगकर्ता कम नै छन् । सामाजिक सञ्जलाको प्रयोग गर्न जान्नु भनेको केवल फेसबुकमा लाइक, पोष्ट र शेयर गर्नुमात्र होइन । ट्विटर मार्फत आफ्ना मनमा लागेका कुरा ट्विट गर्नु । युट्युवमा समाजिक लगायत अन्य विभिन्न सर्हानिय कामको भिडियो पोष्ट गर्नु र भाइबरमा विचार मिल्ने साथीहरुको समुह बनाएर भाइवरमा च्याट गर्नुपनि सामाजिक सञ्जलाको प्रयोग नै हो ।
नेपालमा हुन लागिरहेको प्रतिनिधी सभाको चुनावी अभियानमा प्राय उम्मेदबारले आफु र आफ्नो पाटीको चुनावी प्रचार प्रसारको लागि फेसबुकलाई मुख्य माध्यम बनाएका छन् । इन्टरनेटको पहुँच भएको ठाउँमा चुनावी प्रचारप्रसारको लागि सामाजिक सञ्जलाको प्रयोग भएको छ भने जहाँ इन्टरनेटको पहुँच पुगेकै छैन त्यहाँ पुरानै ढंगले चुनावको प्रचारप्रसार भइरहेको छ । चुनावी प्रचारको लागि फेसबुकलाई बढी प्राथमिकता दिएतापनि भाइबर ,ट्विटर र इन्स्टाग्राम पनि त्यशिशतकै मात्रामा प्रयोग भएको देखिन्छ । ९० लाख भन्दा बढी फेसबुक प्रयोगकर्ता भएको देशमा सामाजिक सञ्जाल मार्फत प्रचार प्रसार गर्नुपनि एउटा सबल पक्ष हो । देशमा प्राविधक शिक्षालाई पनि प्राथमिकता दि लागेको संकेत देखिन्छ । सबै राजनितिक पाटीहरु र उम्मेदवारहरुले आ–आफ्नो वेभसाइट र अफिसिय पेज बनाएर प्रचार प्रसार कार्यलाई निरन्तरता दि थालेका छन् । सबैले आफ्नो एउटा छुट्टै प्राविधिक समुह बनाएर प्रचार प्रसारलाई जोड दिनु आफैमा सर्हानिय छ । भारतमा नरेन्द्र मोदीले पनि चुनावी प्रचारप्रसारको बेलामा २०० भन्दा बढी प्राविधिकहरुको समुह परिचालन गरेका थिए ।
सामाजिक सञ्जालमा प्रचार प्रसार गर्दा विभिन्न कुरामा ध्यान दिनेहो भने अझ भर पर्दो हुनसक्छ । जुन कुराहरु निम्मलिखित बुँदाहरुमा उल्लेख गरीएको छ ।

१. प्राविधिक सहितको सामाजिक सञ्जाल प्रयोग कर्ताको समुह निर्माण गर्ने

२ फेसबुक अकाउन्ट बनाउने

३ विभिन्न लेख, चुनावसँग सम्बन्धित तस्बीरहरु ठाउँ र सम्बन्धित व्यक्तिलाई ट्याग गर्ने

४ फरक फरक डिजाइनहरुमा आफ्नो फोटोहरुलाई अपलोड गरीराख्ने । जस्तै ःस्लाइड सो, फोटो एल्बम आदि

५ भिडियोलाई आफ्नो फेसबुक एकाउन्ट अथवा पेज मार्फत प्रतक्ष प्रसारण गरीहाल्ने

६ विभिन्न शिर्षकमा पोलिङ र इभेन्ट अप्सन बनाउँने

७ पछिल्लो समय चर्चित भइहरेका ह्यास ट्याग टे«न्डिङलाई फलो गर्ने

८ यदी आफ्नो पोस्टलाई धेरै प्रयोगकार्त सामु प्र्याउन् छ भने बुस्टिङ गर्ने

९ यदी फेसबुक प्रचाप्रसारलाई अघि बढाइदै छ भने आफ्नो अफिसियल पेजमा(च्याटबोट) बनाउन पनि सकिन्छ ।

अन्य प्रयोगकर्ता सामु कसरी पुग्ने

१ आफुले गरेको पोष्टलाई अन्य साथीहरुको पेजमा र फेसबुक अकाउन्टमा सेयर, ट्याग र मेन्सन गर्ने

२ विभिन्न पेज र ग्ु्रपहरुलाई इन्टरलिंक गर्ने

३ एउटै पेजको धेरै साथीहरुलाई एड्मिन र एड्भर्टाइजर बनाइदिने

४ मनछ्ने खालका पोष्टहरुमात्र अपलोड गर्ने

पछिल्लो समय फेसबुकलाई पैसा तिरेर आफ्नो पेज र पेजमा रहेको पोष्टहरुको बुस्टिङ गर्ने टे«न्डिङ चलिरहेको छ । आर्थिक हिसाबले केही मात्रामा भार परेतापनि बुस्टिङ गर्न सकियो भने धेरै भन्दा धेरै प्रयोगकर्ताको बीचमा आफ्नो पोस्टलाई प्र्याउन सकिन्छ । सबैको मनमा प्रश्न उठ्न सक्छ चुनावी प्रसारको लागि सामाजिक सञ्जाललाई कसरी भरपर्दो बनाउने भनेर सामाजिक सञ्जाललाई भरपर्दो बनाउनका लागि प्रयोगकर्ताले आफ्नो पोस्टमा आएको म्यासेज र कमेन्टको सकेसम्म छिटो प्रतिक्रिया दिनुपर्छ । यसो गर्दा आफ्नो बारेमा जान्न चाहानेहरु अझै आफु र आफ्नो विचाप्रति आकर्षित हुन सक्छन् । कुनैपनि पोष्ट गर्नुभन्दा पहिला समयलाई ध्यान दिनु जरुरी हुन्छ । अन्य प्रयोगकर्ताहरुले काम नगरेको समयमा पोस्ट गर्दा राम्रो हुन्छ । किनकी फुर्सदको समयमा अन्य प्रयोग कर्ताले पनि आफुले गरेको पोष्टमा लाइक कमेन्ट र शेयर गर्ने समय पाउँछन् । विभिन्न सामाजिक सञ्जाललाई एउटै सामाजिक सञ्जालसँग लिंक गर्दा आफ्नो पोष्ट अझै चर्चित हुन पुग्छ । जस्तैः ट्विटरलाई गरेको ट्विटलाई फेसबुकमा सेयर गर्ने हो भने ट्विटर प्रयोगकर्ताले त्यो पोस्टको बारेमा त थाहा पाउँछन् नै फेसबुक प्रयोगकर्ताले पनि आफूले ट्विटरमा ट्विट गरेको पोष्टको बारेमा हेर्ने मौका प्राप्त गर्दछन् । सामाजिक सञ्जालमा आफ्ना स्टाटस तथा ट्विट पोष्ट गर्दा सबैले बुझिने भाषामा पोष्ट गर्न्पर्छ । सामाजिक सञ्जालमा गरीने पोष्टहरु मनछुने र समयसान्धर्विक हुनुपर्दछ । जस्तो चुनावी प्रचार प्रसारको बेलामा चुनावी माहोलको पोष्ट अपलोड नगरी घरमा आयेजना गरीएको पोस्ट अपलोड गरीयो भने त्यो खासै प्रभावकारी हुन सक्दैन । कसैले आक्षेप लगाउने र कसैको मानहानी हुनेजस्ता पोष्टहरु अपलोड गर्नु हुँदैन । यसले आफ्नो आफ्नो व्यक्तिगत जिवनमा र कार्यजिवनमा अाँच आउन सक्छ ।

यदी कसैले यस्ता गलत दिनेखालका पोष्टहरु अपलोड गरेको भनेपनि विभिन्न गु्रपहरुको सहयोग लिई त्यस्ता पोष्टहरु गर्नेलाई हत्तोसाहित बनाउनुपर्छ । ताकी आउने दिनहरुमा कसैलाई आक्षेप लगाउने खालका पोस्टहरु अपलोड गर्ने हिम्मत नगरोस् र अन्त्यमा म लेखकको नाताले भन्नुपर्दा चुनावी प्रचारप्रसार अभियानमा सामाजिक सञ्जालले ठ्रलो भूमिका खेल्न सक्छ । हाम्रो जस्तो विकसित देशको लागि सामाजिक सञ्जाल प्रचार प्रसारको मुख्य माध्यम बन्न सक्छ । त्यसैले सबै उम्मेदवारहरुले चुनावी प्रचारप्रसारको लागि सामाजिक सञ्जाललाई पहिलो प्राथमिकतामा राखेर अन्य कार्यक्रमहरुलाई दोस्रोमा राख्नु उपयुक्त मानिन्छ । यदी चुनावको लागि हुने खर्चको केही प्रतिशत मात्र कम भयो भनेपनि त्यो रकमलाई अर्को विकासको काममा लगाउन सकिन्छ । अहिले हुनगइरहेका प्रतिनिधी सभाको चुनाव हुनुको एउटा कारण देशविकास पनि हो ।

ई. शिव पौडेल
facebook username: maShivapoudel

कमेन्ट गर्नुहोस्

error: Content is protected !!