रिऊ र घ्यू होइन केरुङ र कलकत्ता जोड्ने प्रचण्डलाई चिनाैं : बद्री पंगेनी

चितवन, मंसिर १२ । गायक बद्री पंगेनीले चितवनको रिऊ र घ्यू खोला जोड्न चुनावी आश्वासन वाँड्ने  उम्मेदवारलाई नभइ केरुङदेखि कलकत्तासम्म जाड्ने नेता प्रचण्डलाई अत्यधिक मतले विजयी गराउन मतदातालाई आग्रह गरेका छन ।

सोमबार चितवन क्षेत्र न ३ काे चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘तपाईहरुले प्रचण्ड जस्तो नेतालाई उम्मेदवारको रुपमा पाउनु ठूलो भाग्य हो । कसै-कसैले यहाँ रिऊ र घ्यू खोला जोड्ने सपना बाँडेका रहेछन । रिऊ र घ्यू खोला हाेइन केरुङ र कलकत्ता जोड्ने नेता प्रचण्डलाई चिन्न जरुरी छ । केरुङ र कलकत्ता जोडिएपछि रिऊ र घ्यू आफै जोडिन्छन ।’

हामीले देखेको नयाँ नेपालको सपना प्रचण्डसहित वाम गठबन्धनले जितेपछि मात्रै पूरा हुने उनले बताए । त्यसैले वाम गठबन्धनलाई अत्यधिक बहुमतले विजयी गराउन उनले सबैलाई हात जोडेर अनुरोध पनि गरे ।

पुत्रशोकमा रहेका माओवादी अध्यक्ष प्रचण्ड चुनावी अभियानका क्रममा चितवन क्षेत्र नम्बर ३ मा घरदैलो कार्यक्रममा व्यस्त छन । गायक पंगेनीले प्रचण्डलाई सांगेतिक प्रस्तुती र दामदार भाषण गरेर उर्जा दिइरहेका छ ।

हेर्नुहोस बद्री पंगेनीको दमदार भाषणको भिडियो:

प्रचण्ड जिताऊना बद्रि पगेनीको सुन्ने पर्ने दमदार भाषण

प्रचण्ड जिताऊना बद्रि पगेनीको सुन्ने पर्ने दमदार भाषण ||चितवनको विकास गर्न प्रचण्ड चाहिन्छ ||

Posted by Rishi Ram on 27 ನವೆಂಬರ್ 2017

कमेन्ट गर्नुहोस्

error: Content is protected !!