ओलीले सम्बोधन गरिरहेको समयमा लगनखेलको सभा नजिक विष्फोटन

ललितपुर, मंसिर १२ । वाम गठबन्धनको चुनावी सभा भइरहेको समयमा लगनखेलको बटुक भैरव मन्दिर र नमूना मछिन्द्र मावि नजिकै विष्फोट भएको छ ।

लगनखेलमा चुनावीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहँदा सभास्थल नजिकै विष्फोट भएको हो ।

विष्फोटबाट कुनैपनि मानवीय क्षेत्री भएको छैन तर नमूना मच्छिन्द्र विद्यालयका झयालहरु फुटेका छन् ।

घटनास्थलमा प्रहरी पुगिसकेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको महानगरिय प्रहरी वृत ललितपुरले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!