विक्रम पाण्डेका पूर्वप्रतिद्धवन्दी दानबहादुर तामाङसहित दुई दर्जन बढी नेता माओवादीमा प्रवेश

पर्साढाप(चितवन), मंसिर १२ । नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य एवं समामुपातिक उम्मेदवार दानबहादुर तामाङ माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

मंगलबार पश्चिम चितवनको पर्साढापमा आयोजित बाम गठबन्धनको चुनावी सभामा उनलाई माओवादी अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराएका हुन ।

दोस्रो संविधानसभाको चुनावमा उनी चितवन क्षेत्र नंं ५ बाट उम्मेदवार बनेका थिए । अहिले क्षेत्र नं ३ का प्रतिनिधीसभा सदस्य उम्मेदवार वन मन्त्री विक्रम पाण्डेसगँ २ हजार ३ सय ५२ मतले उनी पराजित भएका थिए । पाण्डेले १० हजार ७ सय ५८ मत ल्याएका थिए । भएको थियो भने तामाङले ८ हजार ४ सय ६ मत ल्याएका थिए ।

तामाङ ०७० सालको संविधानसभा चुनावमा नेकपा एमालेबाट उम्मेदवार बनेका थिए । केही समय अघि एमाले परित्याग गरेका तमाङ नयाँ शक्ति पार्टी नेपालको चितवनबाट समानुपातिक उम्मेदवार हुनु ।

दोस्रो संविधानसभाको चुनावमा उनी चितवन क्षेत्र नंं ५ बाट उम्मेदवार बनेका थिए । अहिले क्षेत्र नं ३ का प्रतिनिधीसभा सदस्य उम्मेदवार वन मन्त्री विक्रम पाण्डेसगँ २ हजार ३ सय ५२ मतले उनी पराजित भएका थिए । पाण्डेले १० हजार ७ सय ५८ मत ल्याएका थिए । भएको थियो भने तामाङले ८ हजार ४ सय ६ मत ल्याएका थिए ।

भरतपुर २७ पर्साढाप बजारमा भएको चुनावीसभामा पाटी प्रवेश गरेका तामाङले बाबुराम भट्टराईबाट देशको विकास र समृद्धि नहुने दाबी गरे । उनले अब देश विकास पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट मात्र सम्भव रहेको बताए । त्यसतै उनले २/४ सिट ल्याउने पार्टीबाट देश विकासको आशा गर्न नसकिने बताए । अब देशमा वृहत कम्युनिष्ट पार्टीले मात्र देशको विकास गर्ने ठोकुवा गरे ।

सम्रग चितवन र देशको विकासका लागि नयाँ शक्ति परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेको उनको भनाई छ । तामाङले वनमन्त्री एवं उम्मेदवार पाण्डेलाई मैदान खाली गरेर प्रचण्डलाई सघाउन आग्रह गरे । चितवनको विकासकै लागि आफू प्रचण्ड विजय अभियानमा सरिक भएको उनको भनाई छ ।

यसै बिच सो कार्यक्रममा राप्रपा प्रजातान्त्रिक र नेपाली कांग्रेसका २२ जना कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् । चुनावी सभा लगतै सोही क्षेत्रको मेघौली, तेलौली, बनकट्टा, रातापुर, गौचरन र सलौली लगाएतका स्थानमा घर दैलो गरिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नं ३ का प्रतिनिधी सभा सदस्य उम्मेदवार पुष्पकमल दाहाल प्रचण्ड, प्रदेशसभाका उम्मेदवार कृष्ण भुर्तेलले संयुक्त रुपमा घर दैलो गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!