जनता सचेत भईसके समृद्विको पक्षमा लाग्छनः कृष्णबहादुर महरा

दाङ, मङसिर १२ ।  उपप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महराले नेपाली जनता सचेत भईसकेकाले समृद्विको पक्षमा लाग्ने बताएका छन् ।

चुनावी अभियान अन्तर्गत आज बिहान दुधरासमा घरदैलोमा सहभागी भएका महराले विकास र समृद्विको पक्षमा रहेका उम्मेदवारलाई मतदान गर्न अपिल समेत गरे । आफूले पछिल्लो दश वर्ष आफू संविधान निर्माणमा मुख्य भूमिका निर्वाह गरेको उल्लेख गर्दै महराले अब निर्वाचित भइसकेपछि समृद्विको पक्षमा लाग्ने प्रतिबद्वता व्यक्त गरे ।

उनले नेपाली काङ्ग्रेसको नेतृत्वसँग विकासको भिजन नभएको दावी गरे । महराले यस पटक ईमान्दार काङ्ग्रेसका ईमान्दार कार्यकर्ता तथा समर्थकले समेत आफूलाई मतदान गर्ने बताए ।

दाङका लागि जिल्लाका नौ वटै सिट वाम गठबन्धनले जित्नुपर्ने आवश्यकता औंल्याए । आफू अर्थमन्त्री हुँदा दाङमा साढे पाँच अर्ब रुपैयाँ बजेट विनियोजन गरेको स्मरण गर्दै महराले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेक पारित गर्न केन्द्रमा निकै मेहनत गर्नु परेको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!