रोल्पाको उवाबाट मतपेटिकालार्इ हिलिबाटै उतारियो

रोल्पा, मंसिर १२ । आइतबार मंसिर १० गते सम्पन्न भएको पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मतपेटिका सुरक्षा संवेदनशीलता मानिएको रोल्पाको पूर्वी उत्तरी उवाको मतपेटिका आज विहान लिबाङ लिएको हो ।

११ गते हिलिबाटै रोल्पाको मुख्य निर्वाचन अधिकृत कार्यालयमा लिने भने पनि अवेर भएपछि मौसम प्रतिकुलता भएकोले १२ गते विहान ७ः३० बजे लिबाङ लिइएको हो । उवाबाट मत पेटिका सहित सुरक्षा निकायको सम्पूर्ण टिम, कर्मचारी लगायत सबैलाई हिलिबाटै खडगदल गणमा उतारिएको थियो । बैकल्पिक बाटो नभएकोले हिलीको प्रयोग गर्नु परेको प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्टराईले बताए ।

अब रोल्पा जिल्लाका ८० मतदान स्थल र १६० मतदान केन्द्रका सम्पूण मत पेटिका आई सकेको निर्वाचन अधिकारी लिलु गिरीले बताए । मट पतपेटिका राख्ने स्थान र घरलाई सबै राजीतिक दलहरुको सहभागितामा समेत रेखदेख गर्ने मुख्य निर्वाचन अधिकृत बाबुदेवलाल श्रेष्ठले बताए ।

यही मंसिर २१ गते साँझबाट मात्रै मतगणना हुने मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताए । अब सबै राजनीतिक दलहका नेताहरु अब आफ्ना प्रतिनिधि समेत राख्ने भएका छन् । सुरक्षाको निकायले कडा सुरक्षाको साथमा राखिने पनि सुरक्षा निकायले बताएको छ ।

हिजो मौसम प्रतिकुलताको कारणले पूर्वी रुकुमको मतपेटिका पनि लिबाङ लिइएको थियो आज विहान ८ बजे रुकुमकोट पुर्याएको समेत सुरक्षा निकायले बताएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!