नेपालगञ्ज पुगेर अाेली भने-नतिजा वाम गठबन्धनको पक्षमा आउँछ

यो चुनाव हामी बहुमतले जित्दैछौं-बादल

नेपालगञ्ज, मंसिर ११ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा वाम गठबन्धनको पक्षमा आउने बताएका छन ।

वाम गठबन्धनले सोमबार नेपालगञ्जमा आयोजित चुनावी सभामा अध्यक्ष ओली भने, ‘म मुलुकको जुनजुन ठाउँमा गए, वाम गठबन्धनकै पक्षमा जनलहर उर्लिएको पाएँ, यसले अबको सरकार वाम गठबन्धनको हुने संकेत दिएको छ ।’

अध्यक्ष ओलीले वाम गठबन्धनको सरकार बन्यो भने सबै नेपालीलाई राष्ट्रिय एकताको सूत्रमा बाँधेर आर्थिक समृद्धि र विकासको बाटोमा मुलुकलाई अघि बढाइने बताए ।

‘हामी सबै नेपालीको सम्मान र समान आदर गर्छौं, हाम्रो सहअस्तित्वको जगेर्नाबाट मात्र राष्ट्रिय एकता र स्वाभिमानलाई जीवन्त राख्न सकिन्छ’, उनले भने ।

अध्यक्ष ओलीले संविधान निर्माणपछि यसको कार्यान्वयनको बाटो सहज थिएन, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि यसको कार्यान्वयनको मार्ग प्रशस्त हुनेछ र मुलुकलाई स्थिर राजनीतिको मार्गमा हिँडाइने बताए।

नेकपा माओावादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ले भने, ‘यो चुनाव हामी बहुमतले जित्दैछौं । अब बन्ने कम्युनिष्टको शक्तिशाली सरकारले मुलुकमा औद्योगिक र आर्थिक क्रान्तिको ढोका खोल्नेछ ।’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!