धनगढीलाई ‘स्मार्ट सिटी’ बनाउने प्रक्रिया सुरु

कैलाली, मंसिर ११ । कैलालीको धनगढी उप–महानगरपालिका र न्यू आईटी भेन्चर कर्पोरेशन लिमिटेडबीच “स्मार्ट सिटी” निर्माणका लागि सोमबार सम्झौता भएको छ ।

न्यु आईटी भेन्चरका प्रतिनिधि र उपमहानगरपालिकाका प्रमुखले स्मार्ट सिटी निर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर गरे । विगत लामो समयदेखि धनगढीलाई स्मार्ट सिटी बनाउने भन्दै चर्चा हुदै आएको भए पनि कुनै कार्य अगाडि बढ्न सकेको थिएन ।

तर, आज दुबै पक्षविच सम्झौता भएपछि धनगढी स्मार्ट सिटी बन्ने पक्कापक्की जस्तै भएको छ । धनगढीलाई “स्मार्ट सिटी” बनाउने घोषणा भएसंगै न्यु आईटी भेन्चरले पनि छिट्टै कार्यप्रारभ्म गर्ने बताएको छ । अहिले धनगढीका सम्भावना तथा चुनौति पहिचान गर्ने कार्य भइरहेको बताइएको छ ।

नेपालका दाङको तुल्सीपुर उपमहानगरपालिका, कास्कीको लेखनाथ पोखरा महानगरपालिका र धनगढी उपमहानगरपालिकालाई “स्मार्ट सिटी” बनाइने भएको हो । जस अन्र्तगत आज धनगढीलाई “स्मार्ट सिटी” बनाउनका लागि न्यु आईटी भेन्चर कर्पोरशेन र धनगढी उपमहानगरपालिकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बर्षौ देखि धनगढीलाई “स्मार्ट सिटी” बनाउने भनेर स्थानीयस्तरमा छलफल चलाइएको भएपनि त्यसले निरन्तरता भने पाउन सकेको थिएन ।

तर, अब भने त्यसका लागि स्मार्ट सिटी निर्माण गर्ने सम्झौता भएपछि धेरै वर्षको सपना साकार हुने भएको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए । प्रदेश नं ७ को एकमात्र धनगढी उप–महानगरपालिकालाई मुख्य व्यवसायीक हवको रुपमा विकास गर्न स्मार्ट सिटी निर्माण गरिने भएको छ । आगामी दुईवर्षभित्रै स्मार्टसिटी निर्माणका लागि गुरुयोजना तयारी पारिसक्ने गरी सम्झौता भएको हो ।

उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वड र कर्पोरेशनका बोर्ड आफ डाइरेक्टर टाटासी मोरीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । धनगढीलाई कस्तो प्रकारको स्मार्टसिटी बनाउने विषयमा वृह्त अध्ययन गरी गुरु योजना बनाउने कार्य छिट्टै सुरु गर्ने न्यु आईटी भेन्चर कर्पोरेशन लिमिटेडका सिइयो कमल अधिकारीले जानकारी दिए ।

उपमहानगरपालिका र कर्पोरेशनबीच स्मार्टसिटी निर्माणका लागि सम्झौता भएपछि धनगढी उपमहानगरपालिका स्मार्टसिटी बन्ने सुनिश्चित भएको भन्दै यहाँका स्थानीयले स्वागत गरेका छन् । स्वदेशी तथा विदेशीलगानीकर्तालाई व्यवसायीक योजना दिने गरी स्मार्ट सिटीको गुरुयोजना बनाइने कर्पोरेशनले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!