रितिदै नयाँशक्ति, समानुपातिक उम्मेदवार शाहसहितकाे टाेली माओवादीमा प्रवेश

कैलाली, मंसिर ११ । नयाँ शक्ति पार्टी नेपालका समानुपातिक उम्मेदवारसहित चार जना नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

सोमबार टीकापुरमा पत्रकार सम्मेलन गरी प्रदेशसभाका समानुपातिक उम्मेदवार सरस्वती शाह, केन्द्रीय सल्लाहकार सदस्य रोधबहादुर भण्डारी, जिल्ला सदस्य दिलबहदुर ठकुल्ला र संगठित सदस्य बालकृष्ण सञ्ज्यालले नयाँ शक्ति परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्दै समानुपातिक उम्मेदवार शाहले कम्युनिस्ट भएर काम गर्दै आएको तर, पछिल्लो समयमा नयाँ शक्तिले कम्युनिष्टको नीति, सिद्धान्त छोड्दै गएकोले माओवादी केन्द्रमा प्रवेश गरेको बताइन ।

रोधबहादुर भण्डारीले अस्थिर सरकारले देशको विकास नहुने भएकोले स्थायी सरकार बनाई देशलाई समृद्ध बनाउनको लागि वाम एकताको विकल्प नभएको बताए ।

त्यस्तै, अर्का नेता दिलबहादुर ठकुल्लाले व्यक्तिगत अवसर र स्वार्थको लागि नभई वामपन्थीको स्थायी सरकार गठन र देशको शान्ति सुरक्षामा योगदान पुग्ने भएकोले आफू वाम गठबन्धनमा प्रवेश गरेको बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!