बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

काठमाडौँ, मङ्सिर ११ । गएको शनिबार बूढानीलकण्ठस्थित एक युवतीको चर्चको शौचालयमा बलात्कार भएकी छिन् ।

चर्चको शौचालयमा बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त महाराजगन्जले भंगाल बस्ने नुवाकोट थोपरेक–२ का २२ वर्षीय परीक्षण विकलाई पक्राउ गरेको छ ।

विकले शनिबार चर्चमा गएकी १६ वर्षीया युवतीको बलात्कार गरेको प्रहरीले जनाएको छ । शौचालयमा लगेर थुनेर आफूलाई बलात्कार गरेको पीडित युवतीले बताएकी छन् । युवकलाई शनिबार नै पक्राउ गरी जबर्जस्ती करणी मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ ।

अभियुक्त विकले भने सहमतिमै आफूहरूबीच सम्बन्ध भएको दाबी गरेका छन् । युवतीले भने अस्वीकार गरेकी छन् । दुवैजनाबीच पहिलेदेखि नै चिनजान रहेको प्रहरीले जनाएको छ, नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!