जन प्रगतिशील मन्च युएईका छेत्रीय उपाध्यक्ष ज्ञानु सुनार निस्कासित (बिज्ञप्तिसहित )

युएई, मंसिर ११ । नेकपा माओवादी केन्द्रको बिदेश बिभाग संगठन नेपाली जनप्रगतिसिल मंच युएईले अबुधाबी छेत्रका छेत्रीय उपाध्यक्ष ज्ञानु सुनारलार्इ संगठन बाट निस्कासित गरेको छ ।
संगठनको बिधान बिपरित सामाजिक संजाल तथा विभिन्न सन्चारमाध्यम हरुमा संगठन ,पार्टी र नेतृत्व प्रति गम्भीर आरोप लगाउदै संगठनलाइ असर पार्न उदेश्य सहित उसृङ्खल गतिविधि गर्दै आएको र स्पष्टीकरण माग गर्दा समेत कुनै वास्ता नगरे पछी बाध्य भयर कारबाही गर्नु परेको जानकारी बिज्ञप्ति मार्फत गराइएको छ ।

मंचका अबुधाबीका छेत्रीय अध्यक्ष दिपक न्यौपाने द्वारा हस्ताक्षरित  बिज्ञप्तिमा ज्ञानु सुनारलाई बारम्बार सचेत गराउँदापनी नटेरेपछि केन्द्रिय अनुसासन बिभाग मार्फत कारबाही अगाडि बढाउन निर्देशन आएकाले  संगठनको बिधान अनुसार साधारण सदस्य समेत नरहने गरि कारबाही गरिएको उल्लेख छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!