कांग्रेस र राप्रपा दरबारनिकट : कमल थापा

काठमाडौं, मंसिर ११ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कांग्रेस र राप्रपा राजतन्त्रनिकटका समर्थक रहेको बताएका छन् ।

विराटनगरमा लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्रीसमेत रहेका थापाले आफ्नो पार्टी राप्रपा र कांग्रेस दरबारनिकट रहेको बताएका हुन् ।

बिपीले लिएको मेलमिलाप नीतिपछि दरबारसँग कांग्रेसको सम्बन्ध सधैँ मजबुत रहेको बताउँदै थापाले आफूहरूले पनि राजतन्त्रलाई समर्थन गरेकाले दुवै दरबारनिकट राजतन्त्र समर्थक भएको बताए । थापाले बिपीको मेलमिलाप नीतिसँगै दरबारसँग कांग्रेस र दरबारको सम्बन्ध रहेको कुरा अहिले पनि उत्तिकै मर्मका साथ बुझ्न आफ्ना मतदातालाई आग्रहसमेत गरे ।

विराटनगरको गुद्री चौकमा आयोजित सभामा सहभागीहरूलाई आग्रह गर्दै अध्यक्ष थापाले भने, ‘यसैले माया हुने सबैले लोकतान्त्रिक गठबन्धनलाई भोट हाल्नुहोला ।’

 

 

कमेन्ट गर्नुहोस्