११५ वर्षीया वृद्धाले गरिन मतदान

नुवाकोट, मंसिर १० । प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनमा नुवाकोटको ककनी गाउँपालिका–८ का ११५ वर्षीया बाटुली लामिछानेले मतदान गरेकी छन ।

ककनी गाँउपालिका–८ मात्रागाउँमा रहेको अरुणोदय आधारभूत विद्यालय मतदान केन्द्रबाट लामिछानेले आज अपराह्न मतदान गरेकी हुन । उनले छोरा नेत्रप्रसाद लामिछानेको सहयोगमा मतदान गरेको मतदान अधिकृत अर्जुन लामाले जानकारी दिए ।

विसं १९५९ साल चैत १० गते जन्मिएकी लामिछानेले मत दिएपछि मुलुकमा शान्ति, समृद्धि र सबैले सुख पाउने आशा गरेको बताइन ।

यस्तै सूर्यगढी गाउँपलिका–३ का १०१ वर्षका अनन्तप्रसाद अधिकारीले पनि आज भएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मतदान गरेका छन । नाती समुन्द्रबाबुको सहयोगमा बागेश्वरी मावि मतदान केन्द्रबाट अधिकारीले मतदान गरेको निर्वाचन अधिृकत शम्भुप्रसाद चौधरीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!