मतदानको समय सकियो, ६२ देखि ६५ प्रतिशत मतदान भएको अनुमान

काठमाडौं, मंसिर १० । प्रतिनिधि र प्रदेशसभा अन्तर्गत पहिलो चरणमा ३२ जिल्लामा आज भएको मतदान सम्पन्न भएको छ ।

मतदनका लागि निर्वाचन आयोगले आज विहान ७ बजेदेखि साँझ ५ बजेसम्मलाई समय तोकिएको थियो । औपचारिक रुपमा समय सहिए पनि ५ बजेभित्र मतदानस्थलमा प्रवेश गरेकाहरुले मतदान गर्न पाउने आयोग जनाएको छ ।

प्रारम्भिक विवरण अनुसार ६२ देखि ६५ प्रतिशतसम्म मत खसेको निर्वाचन आयोगले पूर्वाअनुमान गरेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!