अज्ञात व्यक्तिले चलाएको गोली लागी दुई प्रहरी घाइते

सिराहा, मंसिर १० । सिराहाको निरदनामा प्रहरीमाथि गोली प्रहार भएको छ । अज्ञात समुहले चलाएको गोली लागेर जनपद प्रहरीका एक र एक जना गरी दुई जना घाइते भएका छन् ।

आइतबार दिउँसो अज्ञात व्यक्तिले चलाएको गोली लागी जितना प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव घाइते भएका हुन् ।

गोली कसले र किन चलाएको भन्ने पुष्टि नभएको जिल्ला प्रहरी कार्यलय सिराहले जनाएको छ ।

प्रहरी यादवको पेट र म्यादी प्रहरीको कोखमा गोली लागेको छ ।घाइते दुवैलाई उपचारका लागि वीपी कोइराला मेमोरियल अस्पताल धरान लगिएको छ ।

सवारी चेकजाँचका क्रममा बाइकमा आएका दुई जनाको समूहले गोली चलाएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!