राजधानीकै चर्चमा दिनदाडै युवती बलात्कृत

काठमाडौं, मंसिर १० । राजधानीको एक चर्चमा दिनदाडै युवती बलात्कृत भएकी छन् ।

बुढानिलकण्ठ नगरपालिका–८ हात्तीगौंडामा रहेको चर्चमा गएकी ती युवती शनिबार बलात्कृत भएको प्रहरीले जनाएको छ । गोरखा पासिकोटकी १६ वर्षीया युवतीलाई चर्चको ट्वाइलेटमा बलात्कार गरिएको हो ।

बलात्कार गरेको आरोपमा नुवाकोटको थोपरेक–२ का २२ वर्षीय परीक्षण बिकलाई प्रहरीले पक्राउ गरेको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!