डोल्पाको फोदगाउँमा मतदान सम्पन्न, दुई मतदान केन्द्र अझै सम्पर्कविहीन

डोल्पा, मंसिर १० । उपल्लो डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकामा रहेको फोदगाउँ मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ । २३ मतदाता रहेको उक्त केन्द्रमा मतदान सकिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, उपल्लो डोल्पाका दुई मतदान केन्द्र अझै सम्पर्कविहीन छन् ।

उपल्लो डोल्पाका छार्काताङसोङ गाउँपालिकाको घेराङ मतदान केन्द्र र डोल्पो बुद्ध गाउँपालिकाको कलाङ मतदान केन्द्रमा अझै सम्पर्क हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

डोल्पामा ६६ मध्ये ६४ मतदान केन्द्रमा सम्पर्क भएको र अहिलेसम्म ३७ प्रतिशत मत खसिसकेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!