पहिलोपटक उम्मेदवार वर्षमान पुनले आफ्नै नाम भोट हाले

लिबाङ, मंसिर १० । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् पूर्व अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले पहिलो पटक आफ्नो लागि मतदान गरेका छन् । प्रतिनिधिसभा सदस्यमा रोल्पामा वाम गठबन्धनबाट उम्मेदवार बनेका वरिष्ठ नेता अनन्तले आईतबार बिहान ७ बजे बाल उदय आवि माडीचौर केन्द्रबाट पहिलो पटक आफ्नै नाममा मतदान गरेका हुन् ।

२०६४ को संविधानसभा निर्वाचनमा ललितपुरबाट निर्वाचित हुँदा उनले आफ्नो नाममा मतदान गर्न पाएनन् । २०७० को संविधानसभाका दोस्रो निर्वाचनमा मोरङबाट प्रतिस्पर्धा गर्दा पनि उनले मतदान गर्न पाएनन् । तेस्रो पटक निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका अनन्तले प्रतिनिधिसभा सदस्यमा आफ्नै नाममा मतदान गर्न पाउँदा खुशी व्यक्त गरे ।

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकतर्फ मतदान गरेपछि अनन्तले भने, ‘यो मेरो लागि धेरै खुशीको हुरा हो । मैले समृद्धि, स्थायित्वको लागि मतदान गरेको छु ।’

अनन्तको नामावली रोल्पा नगरपालिकाको वडा नं। ७ माडीचौरमा छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!