रसुवामा अहिलेसम्म ५० प्रतिशत उत्साहजनक मतदान

काठमाडौं, मंसिर १० । रसुवामा उत्साहजनक रुपमा मतदान भइरहेको छ । मध्यान्ह १२ बजेसम्म रसुवामा ५० प्रतिशत मतदान भइसकेको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले जानकारी दिए ।

जिल्लाको ४५ वटै मतदान केन्द्रबाट बिहान ७ बजेदेखि नै मतदान सुरु भएको भएको थियो । चिसोका कारण उपल्लो क्षेत्रका केन्द्रमा मतदाताको उपस्थिति न्युन रहे पनि मौसम न्यानो हुँदै जाँदा मतदान केन्द्रमा मतदाताको चाप बढेको छ ।

अहिलेसम्म जिल्लाका सबै मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको जिल्ला प्रसाशन कार्यालय रसुवाले जनाएको छ । जिल्लामा ३२ हजार तीन सय २३ मतदाताले मतदान गर्दैछन् । वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनसहित २३ उम्मेदवार चुनावी मैदानमा छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!