ज्यापू दिवसमा राष्ट्रपतिलाई निमन्त्रणा

काठमाडौँ, मंसिर १० । यो वर्ष मंसिर १७ गते राष्ट्रिय ज्यापू दिवस मनाइने भएको छ ।

आज बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष १४औँ राष्ट्रिय ज्यापू दिवस मनाउन आयोजना गरिने कार्यक्रममा प्रमुख आतिथ्यता ग्रहणका लागि निमन्त्रणा दिने (ग्वय्दां तयेगु) काम भयो ।
राष्ट्रपति भवन शीतल निवासमा ज्यापू संस्कृति विकास कोष र कुशेश्वर क्षेत्र सम्पदा संरक्षण प्रतिष्ठानले राष्ट्रपतिलाई निमन्त्रणा गरेका हुन् ।

निमन्त्रणा दिनेमा कोषका संरक्षक तीर्थराम डंगोल, प्रतिष्ठानका अध्यक्ष मंगलकृष्ण सिंहका साथै धिमे बाजा र बाँसुरी नृत्यको टोली रहेको थियो ।

कमेन्ट गर्नुहोस्