माओवादी केन्द्रका वरिष्ठ नेता प्रकाशले शिरानचोक ८ मतकेन्द्रबाट केही बेरमा मतदान गर्दै

गोरखा, मंसिर १० । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् गोरखा जिल्ला क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ अहिले केही बेरमा शिरानचोक ८ जौबारी स्थित परोपकार उच्च माध्यमिक बिद्यालयको मतदान केन्द्रबाट मतदान गर्दै छन ।

गोरखा क्षेत्र नं. २ पहिलो चरणमा निर्वाचन हुने ३७ प्रतिनिधिसभा सदस्य मध्ये सबै भन्दा चर्चित स्थान हो । प्रकाश वाम गठबन्धनका साझा उम्मेदवार हुन । भने उन प्रतिस्पर्धीमा लामो समय एउटै पार्टीका सहकर्मी बाबुराम भट्टाई चुनावी मैदानमा छन ।

वामपन्थी स्कुलिङका यी दुई नेता पहिलो चरणको निर्वाचन हुने मध्ये सबैभन्दा हेवीवेट नेता हुन । भट्टराईलाई नेपाली कांग्रेसका समर्थन छ । वाम एकता प्रक्रियामा रहेका भट्टराई अचानक बाहिरिएर कांग्रेसको समर्थनमा गोरखा २ बाट उम्मेदवार बनेका हुन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!