राष्ट्रपतिद्वारा मताधिकार प्रयोगका लागि आह्वान

काठमाडौं, मंसिर ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकारको सदुपयोग गर्न मतदातामा आह्वान गरेकी छन ।

पहिलो चरणमा आइतबार ३२ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका सन्दर्भमा राष्ट्रपति भण्डारीले शनिबार दिएको सन्देशमा नेपालको लोकतान्त्रिक संविधान कार्यान्वयनका लागि यो निर्वाचन कोशेढुंगा सावित हुने उल्लेख छ ।

राष्ट्रपतिले त्रास र अन्योलको वातावरणबाट मुक्त भएर आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरेको राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!