पुत्रवियोगपछि अध्यक्ष प्रचण्डको चुनावी घरदैलो (फोटो फिचर)

भरतपुर, मंसिर ९। आफ्ना एक मात्र सुपुत्र प्रकाश दाहालको निधनको वियोगमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिबारदेखि आफ्नो चुनावी अभियान सुचारु गरेका छन ।

शनिबार अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव एवं चितवनको प्रतिष्ठित बखान सहकारीका अध्यक्ष मोहनसिंह लामा लगायत डेढ सय कार्यकर्तालाई पार्टी प्रवेश गराए । शनिबार बिहान नै अध्यक्ष प्रचण्डले भरतपुर–२६ को ज्योतिनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गरे ।

 

ज्योतिनगरको सभालाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, ‘यो क्षेत्रमा कांग्रेसको उम्मेद्वार छैन। तपाईहरु बिपीलाई सम्मान गर्नुहुन्छ भने समाजवादका लागि सङ्घर्ष गर्ने प्रचण्डलाई भोट दिनु पर्छ। शान्ति प्रक्रियाका २ हस्ताक्षरमध्ये म जीवित छु। तपाईहरुले गीरिजा बाबू र शान्ति प्रक्रियालाई सम्मान गर्नुहुन्छ भने मलाई भोट दिनुपर्छ। गणतन्त्रबाट पछि फर्केर कांग्रेस र लोकतन्त्रको हित हुँदैन।’

शनिबार दिनभर अध्यक्ष प्रचण्डले भरतपुर–२६ का विभिन्न टोलमा घरदैलो गरे । अभियानको क्रममा मतदाताले प्रचण्डलाई पुष्पगुच्छाले स्वागत गरेका थिए। पुत्रवियोगमा रहेका कारण अध्यक्ष प्रचण्डले माला र खादा भने लगाएनन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!