बुढीगण्डकी प्रभावितले आफ्नो थाकथलो नछोड्नु राम्रो

गोरखा, मंसिर ९ । यतिबेला बुढीगण्डकी प्रभावितलाई विभिन्न आश्वासन दिएर भोट माग्नेहरुको लर्को नै छ । कतिपयले प्रत्यक्ष तर्फ मागेका छन् त कतिपयले समानुपातिक तर्फ भन्दै भोट माग्दै हिडेका छन् ।

जग्गा दलालहरुले आफ्ना प्लटिङ देखाएका छन् त, नेताहरुले भोट दिन आग्रह गरेका छन् । यो पंक्तिकार जिल्लाका नागरिकहरुका सरोकारमा गम्भीर चासो राख्दछ् । केही दिन अघि दरबुङको फेदीमा रहेको एक घरमा पस्दा उक्त घरको जग्गा क्षेत्रफल २ रोपनी रहेको पाइयो । राज्यले दिने मुअब्जा रकमले नत अर्को स्थानमा घडेरी र घर आउँछ न, त्यहा जिविकोपार्जन नै हुन्छ । यसबारेमा अहिलेसम्म कसैले बोलेको पाईंदैन ।

जटिल समस्याका वीच नेता हरी अधिकारीलाई समस्या समाधानबारे के छ भनि सोध्दा यसरी जवाफ पाइएको थियोः बुढीगण्डकी प्रभावितहरु कसैले पनि आफ्नो जन्म स्थल छोड्नु हुँदैन, जहाँ डुवान हुन्छ त्यस स्थान भन्दा माथि सुरक्षित स्थानमा गाउँघर, छिमेकी, इष्टमित्रहरुका जग्गा जमिन अवश्य छन् । यतिबेला धेरै मुल्य पनि छैन । पाइएको पैसाले त्यस स्थान मा जग्गा व्यवस्थापन तिर लाग्नुपर्दछ ।

अर्को जिल्ला वा स्थान रोज्दा भोलि बुढीगण्डकीको विकास आफू र आफ्ना सन्तानले देख्न पाउने छैनन, नयाँ स्थानमा रोजगारीको समस्या पर्दछ ।

तसर्थ अहिलेको वासस्थान वरपरका जमिन रोजेर बस्न आग्रह गर्दछु । यहि स्थानमा बस्दा आफू रहेको समूह, इष्टमित्र, सामुदायिक बन, मेलापर्म केही छोड्नु पर्दैन । जिवन निर्वाह सजिलै चल्दछ, गाउँमा भएको विकास पनि देख्न पाईन्छ ।

जिल्लाका डुवान क्षेत्रमा रहेका सबै आम जनसमुदायहरुलाई आफ्नो जन्म स्थान छोडेर नजान म हार्दिक आग्रह गर्दछु । अव सबै गोरखावासी सम्पन्न हुने बेला आएको उनले बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!