इङ्गलिस प्रिमियर लिग फुटबलः बराबरी खेलको अंकमा बाँडियो

मंसिर ९ । आज (शनिबार) भएको इङ्गिलस प्रिमियर लिग फुटवल अन्तर्गतको खेलमा वेस्ट ह्याम र लेस्टर सिटिले बराबरी खेल्दै अंक बाँडेका छन् ।

लेस्टर सिटिका अलब्राइटनले खेलको आठौं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर ४५ औं मिनेटमा कौयाटीले वेस्ट ह्यामका लागि गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

खेलपछि लेस्टर सिटि १४ अंकसहित तालिकाको ११ औं स्थानमा छ भने वेस्ट ह्याम १० अंकसहित तालिकाको पुछारबाट तेश्रो स्थानमा छ ।

कमेन्ट गर्नुहोस्