अचारसंहिता उल्लघंनका ११३ वटा घटना : प्रेस काउन्सिल

काठमाडौं, मंसिर ९ । प्रेस काउन्सिल नेपालले आसन्न मंसिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेश सभाको चुनाबमा विभिन्न सञ्चारमाध्यममा गरी ११३ वटा आचारसंहिता उल्लघंनका घटना भएको जनाएको छ ।

काउन्सिलले शुक्रबार जारी गरेको विज्ञप्ती भनिएको छ, प्रेस काउन्सिल नेपालले प्रतिनिधि र प्रदेशसभा निर्वाचन २०७४ का क्रममा आमसञ्चार माध्यममा आचारसंहिता पालनाको अवस्थाबार कार्तिक २६ गतेदेखि नै विशेष अनुगमन गरिरहेको छ । बिहीबार राती १२ बजेदेखि मौन अवधि सुरु हुन अघिसम्म विभिन्न ५४ वटा आमसञ्चार माध्यममा आचारसंहिता उल्लघंनका ११३ वटा घटना देखिएको छन । जसमा २४ वटा छापामा ३४, १८ वटा रेडियोमा ३२, ७ वटा टीभीमा २७ र ५ वटा अनलाइनमा २० वटा घटना रहेको छन ।’
हेर्नुहोस विज्ञप्ती:

 

कमेन्ट गर्नुहोस्