माओवादीले गरेको काम कांग्रेसले गरेको भन्दै मत मागेपछि…

कञ्चनपुर, मंसिर ९ । नेकपा माओवादी केन्द्रका नेता लेखराज भट्टले कञ्चनपुरको दोधारा चाँदनीमा सुख्खा बन्दरगाह सम्भाव्यता अध्ययनको कार्य आफू वाणिज्यमन्त्री हुँदा अगाडि बढाएको बताएका छन् ।

शनिबार बिहान पार्टीका कार्यकर्ताहरुसँग कुराकानी गर्दै उनले भारतसँग सहज व्यापार सञ्चालनका लागि सुख्खा बन्दरगाह बनाउनुपर्छ भनेर यसको सम्भाव्यता अध्ययन गराएको बताए ।

नेता भट्टले “त्यति बेला सुख्खा बन्दरगाह बनाउनका लागि लागत अनुमान रु साढे छ अर्ब गरिएको थियो, अहिले बढेको होला,” भन्दै सुख्खा बन्दरगाह र महाकालीमा पुलको अवधारणा त्यति बेला नै आएको हो, अहिले काँग्रेसले मुख्य चुनावी एजेण्डा बनाएर हामीले अगाडि बढाएको भनेर सुन्दा आफू आश्चर्यमा परेको बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!