रोनाल्डोलाई पछि पार्दै मेस्सीले जिते युरोपियन गोल्डेन बुट अवार्ड

काठमाडौं, मंसिर ८ । स्टार स्ट्राइकर लियोनल मेस्सीले यस वर्षको युरोपियन गोल्डेन बुट अवार्ड जितेका छन्। स्पेनिस फूटबल क्लब बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड मेसीले चौथौं पटक युरोपियन गोल्डेन बुट अवार्ड जितेका हुन ।

मेसीलाई सन् २०१६–१७ सिजनमा गरेका गोलका आधारमा शुक्रबार गोल्डेन बुट अवार्ड दिइएको हो। मेसीले सिजन २०१६–१७ मा ३७ गोल गरेका थिए।

यसअघि मेस्सीले सन् २०१०, २०१२ र २०१३ मा युरोपियन गोल्डेन बुट अवार्ड जितेका थिए। चार पटक अवार्ड जितेसँगै मेसीले अर्को स्पेनिस क्लब रियल म्याड्रिडका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको कीर्तिमानसँग बराबरी गरेका छन्।

रोनाल्डोले पनि सन् २००८, २०११, २०१४ र २०१५ मा गरी चार पटक युरोपियन गोल्डेन बुट अवार्ड जितेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!