कांग्रेसका कार्यकर्ताद्वारा माओवादी कार्यकर्तामाथि आक्रमण

वागलुङ, मंसिर ८ । बागलुङ जिल्ला निसिखोला गाउँपालिकामा नेपाली कांग्रेसका कार्यकर्ताले नेकपा माओवादी केन्द्रका कार्यकर्तालाई कुटपिट गरेका छन ।

निशि खोला गाउँपालिका वडा १ नम्बर वडाको लेवाङमा गएराती घरमै बसिरहेका माओवादी कार्यकर्ता मानबहादुर दमाइलाई कांग्रेसका कार्यकर्ताले कुटपिट गर्दा घाइते भएका छ्न ।

स्थानीय तहको निर्वाचनमा निर्वाचित वडा सदस्य खालबहादुर घर्ती सहितको समूहले कुटपिट गरेको मानबहादुरका आफन्तले बताए । राती घरमै थियौ, कांग्रेसका कार्यकर्ता आएर एक्कासी माओवादीको झन्डा किन गाडेको, किन प्रचारमा हिडेको भन्दै कुटपिट गरेको घाइते मान बहादुरले बताए ।

कुटपिट बाट मानबहादुरको खुट्टा, ढाड र टाउकोमा चोट लागेको छ । घाइतेको अहिले प्राथमिक स्वास्थ केन्द्र बुर्तिवाङमा उपचार भैरहेको छ । प्रतिनिधिसभा सदस्यका वाम गठबन्धनका साझा उम्मेदवार माओवादी नेता देवेन्द्र पौडेल स्वास्थ्य केन्द्र पुगेर मानबहादुरको अवस्थाबारे जानकारी लिएका छन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!