एक ढिक्का भएर निर्वाचनमा होमिन यूवाहरूलार्इ प्रचण्डको निर्देशन्

चितवन, मंसिर ८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालको संग्रह विकासका लागि आगामी निर्वाचनबाट वामपन्थी गठबन्धनको शक्तिशाली सरकार बन्नैपर्नेमा बताएका छन ।

वामपन्थीहरुकोे बलियो कम्यूनिष्ट केन्द्र, शक्तिशाली र स्थिर सरकार मार्फत सम्मानित नागरिक र संमृद्द राष्ट्र बआफ्नो एकमात्र उद्देश्य भएको बताए । पार्टी एकता समय अभाबले निर्वाचन अगाडि सम्भब नभएको र निर्वाचन लगत्तै पार्टी एकता भइछाड्ने बताए । उनले चितवन क्षेत्र न ३ को उम्मेद्वारी केबल जित्नैका लागि मात्र नभएको बताउदै राष्ट्रको सम्बृद्दी, चितवनको तीब्र बिकास न्याय र समानतामूलक समाज निर्माणको लागि भएको बताए ।

योङ कम्यूनिष्ट लिग (वाइसीएल) र यूवा संघ नेपालको संयूक्त भेला लार्इ शुक्रवार पार्बतीपुरमा संबोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सबैखाले परिबर्तरकारी आन्दोलनमा यूवाहरूको विशेष भूमिका रहेको स्मरण गर्दै आसन्न निर्वाचनमा यूवाहरूको अझ ठूलो भूमिका हुनुपर्ने बताए ।

चितवन निर्वाचन क्षेत्र न ३ का उम्मेद्वार समेत रहेका प्रचण्डले यूवाहरूलार्इ उच्च मनोबलका साथ एक ढिक्काभर्इ निर्वाचनमा होमिन निर्देशन दिए । अध्यक्ष प्रचन्डले यूवाहरूलार्इ योजनाबद्द रूपमा आक्रमक ढंगले अगाडि बढ्न र यूवाहरूलार्इ रक्सी र मासुको भूलभूलैयामा राखेर यूवाहरूको अपमान गर्नेहरूका बिरूद्द सचेत ढंगले मुकाबिला गर्न निर्देशन दिए ।

भेलालार्इ माओवादी केन्द्रका सचिवालय सदस्य तथा ३ न निर्वाचन परिचालन समितिका संयोजक सूर्य सुबेदी पथिकले निर्वाचनमा अध्यक्ष प्रचण्डको जित निश्चित भैसकेको बताउदै प्रतिस्प्रर्धीहरू राजनीतिक रूपमा पराजित भैसकेकाले उनीहरू पैसा र गुन्डागर्धीको साहारालिन थालेको बताउदै त्यसलाई परास्त गर्न यूवाहरूले विशेष भूमिका खेल्नुपर्ने बताए ।

कार्यक्रममा वाइसियल नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले यूवाहरूलार्इ संगठित भएर अगाडि बढ्न आग्रह गरे । आसन्न निर्वाचनमा बामपन्थीहरूले देशैंभरी अत्यधिक बहुमत हासिल गर्नुपर्ने बताउदै अध्यक्ष प्रचन्ड र सम्पुर्ण गठबन्धनका उम्मेद्वारहरूलार्इ निर्वाचन हार्ने छुट नभएको बताउदै यसका लागि यूवाहरूले बिजयको लडार्इ लड्नुपर्ने बताए ।

सो अवसरमा यूवासंधका लोकपृय नेता कमल पाठक ले नेपाली कम्यूनिस्ट आन्दोलनका शिखर पुरूस पुस्पकमल दाहाललार्इ अत्यधिक बहुमतले जिताउदा मात्र चितवनका यूवाहरूको उचाइ बढ्ने बताउदै ससक्त ढगले परिचालन भयर प्रतिस्प्रधी हरूसंग मूकाबिलागर्न आग्रह गरे ।

सो अवसरमा वाइसीएलका नेता अन्जन तिमिल्सीना लगायतका यूवानेताहरूले प्रचन्ड बिजयी अभियानमा एकढिक्का भएर निर्वाचनमा होमिने प्रतिबद्दता ब्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!