विमलेन्द्र निधिलाई भेटेर के भने भारतीय राजदूत पुरीले

काठमाडौं, मंसीर ८ । उपचारको क्रममा ओम अस्पतालमा रहेका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई भेटेर नेपालका लागि भारतीय राजदूत मन्जीवसिंह पुरीले स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन ।

शुक्रबार दिउँसो अस्पताल पुगेका पुरीले नेता निधिको शीघ्र स्वास्थ्य लाभको कामना गरेको बताइएको छ । राजदूत पुरी विवाह पञ्चमीका अवसरमा जनकपुरमा आयोजित राम–जानकी विवाह महोत्सवमा सहभागी भएर काठमाडौं फर्कने क्रममा एयरपोर्टबाट सिधै निधीलाई भेट्न अस्पताल पुगेका थिए ।

स्वास्थ्य अबस्थाबारे जानकारी लिने क्रममा भारतीय राजदूत पुरीले कांग्रेस नेता निधिको निर्बाचन क्षेत्र धनुषा–३ को चुनावको माहोल अबलोकन गरेको जानकाी निधीलाई गराएको बताइएको छ ।

कांग्रेस नेता निधिलाई पेटरोग विशेषज्ञ डा. राहुल पाठक र छाती रोग विशेषज्ञ डा. सुबोधसागर ढकाल लगायतको टोलीले उपचार गरिरहेको छ । चिकित्सकहरुले उनलाई केही दिन आराम गर्नुपर्ने बताएका छन् ।

धनुषा ३ बाट प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फका उम्मेदवार कांग्रेस नेता निधि कात्तिक १६ गतेको मनोनयन दर्तापछि चुनावी अभियानको क्रममा गृहजिल्लामा बस्दै आएका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!