बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा बन्ने

काठमाडौं, मंसिर ८ । बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण स्वदेशी लगानीमै गर्ने सरकारले निर्णय गरेको छ।

मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले १२ सय मेगावाट क्षमताको जलाशययुक्त आयोजना आफैं निर्माण गर्ने निर्णय गरेको हो। सो आयोजना ८ वर्षभित्र निर्माण सम्पन्न गर्ने सरकारले लक्ष्य लिएको छ।

ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै ऊर्जामन्त्री कमल थापाले आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने जानकारी दिए।

गएको जेठ ९ गतेको मन्त्रिपरिषद् बैठकले आयोजना निर्माणको जिम्मा चाइनाको गेजुवा कम्पनीलाई दिने निर्णय गरेको थियो। तर कात्तिक २७ गते सरकारले सो सम्झौता रद्द गर्‍यो।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!