महिलाले शव बोकेर अन्त्येष्टीका लागि लगेपछि…

तनहुँ, मंसिर ८ । हिन्दु संस्कार अनुसार पुरुषले शव बोकेर अन्तिम संस्कारका लागि घाट लैजाने परम्परालाई तनहुँको व्यासका महिलाले तोडेका छन । व्यास नगरपालिका ७ चापघाटमा महिलाले शव बोकेर ८१ वर्षीय मीनबहादुर बस्यालको शुक्रबार शव बोकेर महिलाहरुले अन्त्येष्टी गरेका छन ।

नेपाली समाजमा मृतक शवलाई पुरुषले मात्र बोक्ने चलन छ । तर यो चलनलाई तनहुँ दमौलीका महिलाहरुले तोडेका छन् ।

व्यास–७ चापघाटस्थित वेदव्यास जेष्ठ नागरिक आश्रममा आश्रय लिदै आएका ८१ वर्षीय मीनबहादुर बस्यालको शुक्रबार बिहान निधन भएपछि उनको शव महिलाले बोके ।

उनको शवलाई वेदव्यास आश्रमका महिलाहरुले काँधमा बोकर सेतीमादी घाटसम्म पुर्‍याएर अन्तिम दहासंस्कार समेत गरेका छन् । उक्त आश्रम ३ सय २० जना महिलाहरुले सञ्चालन गर्दै आइरहेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!