रोल्पामा एमाले कार्यकर्ताको अपहरण

वामगठबन्धनले भन्यो, ‘मतदान गर्न आतुर मतदातालाई कसैले त्रसित नगरे हुन्छ’

गोकुल घर्तीमगर

रोल्पा, मंसिर ८ । पटक पटक बम विस्फोट गराईरहेका नेकपाका कार्यकर्ताले नेकपा एमालेको एक कार्यकर्ताको अपहरण गरेका छन् । नेकपाका कार्यकर्ताले रोल्पा–काठमाडौं सम्पर्क मञ्चका सचिव नवीन खड्कालाई बिहीबार साँझ सुकीदह गाउँपालिका ३, डाँडाखुटीबाट अपहरण गरका हुन् ।

उनीसँगै माओवादी केन्द्रका कार्यकर्ता विष्णु खड्कालाई पनि नेकपाका कार्यकर्ताले अपहरण प्रयास गरेका थिए । तर, उनलाई स्थानीय बासिन्दाले प्रतिकार गरेर बचाएका थिए ।

अपहरणमा परेका नवीन खड्कालाई करिब २४ घण्टापछि शुक्रबार विहान मुक्त गरेका छन् ।
संयुक्त वामगठबन्धन निर्वाचन परिचालन समिति, रोल्पाका संयोजक गोकुल घर्तीले शुक्रबार बिहान प्रेस वक्तव्य जारी गरेर नवीन खड्कालाई अपहरण गरेको र विष्णु खड्कालाई अपहरण प्रयास गरेको जनाएका छन् । उनले नवीन खड्का शुक्रबार विहान अपहरणमुक्त भई सम्पर्कमा आएको जनाउँदै अपहरण घटनाको निन्दा गरेका छन् ।

‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनको निर्वाचन प्रचार प्रसारको क्रममा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले नेकपा एमालेका रोल्पा–काठमाडौं सम्पर्क मञ्चका सचिव क.नवीन खड्कालाई अपहरण र नेकपा माओवादी केन्द्रका कार्यकर्ता क.विष्णु खड्कालाई अपहरण प्रयास गरेको घटनाप्रति संयुक्त वाम गठबन्धनको गम्भीर ध्यानाकर्षण भएको छ’, उनले वक्तव्यमा भनेका छन्, ‘प्रचार प्रसारको अन्तिम दिन २०७४ मंसिर ७ गते सुकीदह गाउँपालिका वडा नं.३ डाँडाखुटीबाट नेकपाका कार्यकर्ताले क.नवीन खड्कालाई अपहरण गरी धाक धम्की दिएर आज विहान अपहरण मुक्त गरेका र क. विष्णु खड्कालाई अपहरणको प्रयास गर्दा स्थानीय जनताले अपहरणकारीको प्रतिकार गरी बचाएकोमा अपहरणको घटनाको गठबन्धन घोर भ्रत्र्सना गर्दछ ।’

वामगठबन्धनले बिहीबार दिउँसो थबाङ, पाखापानी र जिनाबाङमा भएको बम विस्फोटको समेत निन्दा गरेको छ । गठबन्धनले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन ध्यानाकर्षण समेत गराएको छ ।

‘मंसिर ७ गते थबाङ गाउँपालिकाको थबाङमा वाम गठबन्धनको प्रचार प्रसार टोलीमाथि नेकपाका कार्यकर्ताले ग्रिनेट आक्रमण गरेको, सुकीदह गाउँपालिकाको जिनाबाङ र पाखापानीमा बम विस्फोट र भरुवा बन्दुक पड्काएको, उम्मेदवारहरुलाई लक्षित गरी गरिएका विद्युतीय धराप विस्फोट, बम, पेस्तोल आक्रमण, ढुंगा प्रहारजस्ता सबैखाले अपराधिक घटनाहरुको संयुक्त वाम गठबन्धन घोर भ्रत्र्सना गर्दछ,’ गठबन्धनका संयोजक घर्तीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, उम्मेदवारहरुको ज्यान मार्ने उद्देश्य सहित गरिएका आपराधिक आक्रमणमा संलग्नलाई कानुनी कारबाही गर्न माग गर्दै गठबन्धन निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सम्बन्धित पक्षको गठबन्धन गम्भीर ध्यानाकर्षण गराउँदछ ।’

गठबन्धनले मतदातालाई त्रसित गर्ने काम नगर्न नेकपालाई चेतावनीसमेत दिएको छ । वक्तव्यमा भनेको छ, ‘आफ्नो सार्वभौम मताधिकार प्रयोग गर्न आतुर आममतदातालाई त्रसित बनाउने, अपहरण गर्ने घटना नदोहो¥याउन गठबन्धन चेतावनी दिन्छ ।’

संयुक्त वामगठबन्धन निर्वाचन परिचालन समिति रोल्पाको

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनको निर्वाचन प्रचार प्रसारको क्रममा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले नेकपा एमालेका रोल्पा–काठमाडौं सम्पर्क मञ्चका सचिव क.नवीन खड्कालाई अपहरण र नेकपा माओवादी केन्द्रका कार्यकर्ता क. विष्णु खड्कालाई अपहरण प्रयास गरेको घटनाप्रति संयुक्त वाम गठबन्धनको गम्भीर ध्यानाकर्षण भएको छ ।

प्रचार प्रसारको अन्तिम दिन २०७४ मंसिर ७ गते सुकीदह गाउँपालिका वडा नं. ३ डाँडाखुटीबाट नेकपाका कार्यकर्ताले क. नवीन खड्कालाई अपहरण गरी धाक धम्की दिएर आज विहान अपहरणमुक्त गरेका र क. विष्णु खड्कालाई अपहरणको प्रयास गर्दा स्थानीय जनताले अपहरणकारीको प्रतिकार गरी बचाएकोमा अपहरणको घटनाको गठबन्धन घोर भ्रत्र्सना गर्दछ । निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा हुनुपर्दछ । आफ्नो सार्वभौम मताधिकार प्रयोग गर्न आतुर आम मतदातालाई त्रसित बनाउने, अपहरण गर्ने घटना नदोहो¥याउन गठबन्धन चेतावनी दिन्छ ।

यसैगरी निर्वाचन प्रचार प्रसारको क्रममा मंसिर ७ गते थबाङ गाउँपालिकाको थबाङमा वाम गठबन्धनको प्रचार प्रसार टोलीमाथि नेकपाका कार्यकर्ताले ग्रिनेट आक्रमण गरेको, सुकीदह गाउँपालिकाको जिनाबाङ र पाखापानीमा बम विस्फोट र भरुवा बन्दुक पड्काएको, उम्मेदवारहरुलाई लक्षित गरी गरिएका विद्युतीय धराप विस्फोट, बम, पेस्तोल आक्रमण, ढुंगा प्रहारजस्ता सबैखाले अपराधिक घटनाहरुको संयुक्त वाम गठबन्धन घोर भ्रत्र्सना गर्दछ । उम्मेदवारहरुको ज्यानमार्ने उद्देश्यसहित गरिएका अपराधिक आक्रमणमा संलग्नहरुलाई कानुनी कारबाही गर्न माग गर्दै गठबन्धन निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सम्बन्धित पक्षको गठबन्धन गम्भीर ध्यानाकर्षण गराउँदछ ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!