कांग्रेसी कार्यकर्ता कुटपिटमा

काठमाडौं, मंसिर ८ । नेपाली काँग्रेस सम्वद्ध तरुणदलका कार्यकर्ताहरुले हिजो वेलुका सानीभेरी गाँउपालिका वडा नं. ७ का अध्यक्ष कुलबहादुर बुढाकी श्रीमती कल्पना वुढामाथि कुटपीट गरेका छन् ।

सदरमुकाम खलंगामा आयोजीत चुनावी सभावाट घर फर्कदै गरेका तरुण दलका कार्यकर्ताहरुले घरमै वसेकी कल्पनामाथि कुटपट गरेको सानीभेरी गाँउपालिका अध्यक्ष नरवहादुर पुनले जानकारी दिनुभयो ।

वडाअध्यक्ष कुलवहादुर वुढामाथि कुटपीट गर्ने उद्धेश्यले त्यहाँ पुगेका काँग्रेस कार्यकर्ताहरुले वुढालाई नभेटेपछि श्रीमती कल्पनामाथि कुटपीट गरेको वताईएको छ ।

कुटपीटवाट गम्भीर घाईते भएकी कल्पनालाई चौरजहारी अस्पत्तालमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज लिईएको छ । गम्भीर घाईते कल्पना अहिले सम्म पनि वेहोस रहेको श्रीमान कुलवहादुर वुढाले वताउनुभयो ।

कुटपीट गर्नेहरुलाई हिजो राती नै प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुमाथि घटनाको वारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यसैविच निर्वाचनको वेला राजनैतिक प्रतिशोध लिएर गरिएको कुटपीटको घटनाप्रति नेकपा माओवादी केन्द्रले कडा विरोध जनाएको छ ।

जिल्ला ईन्चार्ज राजकुमार शर्माले राजनैतिक प्रतिस्पर्धावाट डराएर काँग्रेसीहरु अपराधिक क्रियाकलापमा उत्रिएको वताउनुभयो । उहाँले घटनाको भ्रत्र्सना गर्दै दोषिहरुमाथि कडा कारवाही गर्न समेत स्थानिय प्रशासनसंग माग गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!