प्रचारप्रसारको अन्तिम दिन भट्टराईलाई अर्को धक्का

नयाँ शक्तिका नेता एवम् तामाङ गुठी समाजका अध्यक्ष तामाङ बाम गठबन्धनमा प्रवेश

पालुङटार, मंसिर ७ । नयाँ शक्ति पार्टी नेपालका नेता एवम् तामाङ गुठी समाज पालुङटारका अध्यक्ष शेरबहादुर तामाङ बाम गठबन्धनमा प्रवेश गर्नुभएको छ ।

पालुङटार नगरपालिका ५ बगरमा हिजो साँझ आयोजित चुनावी सभामा पालुङटारका प्रभावशाली नेता तामाङ बाम गठबन्धनमा प्रवेश गर्नुभएको हो ।

डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी अब बिसर्जनको दिशामा गएकोले नयाँ शक्तिमा रहनु कुनै अर्थ नहुने भएकोले पार्टी परित्याग गरेको तामाङले बताउनुभयो।

भट्टराई व्यक्तिवादी सोच र ढुलमुले प्रबृत्तिको व्यक्ति भएको तामाङले आरोप लगाउनुभयो । पालुङटार क्षेत्रमा राम्रो प्रभाव बनाएका तामाङले व्यक्तिलाई भोट नदिन आग्रह गर्दै बामपंथीहरुको साझा उम्मेदवार, निष्ठावान, राष्ट्रवादी नेता नारायणकाजी श्रेष्ठलाई गोलाकार भित्रको हसिया हथौड़ामा मतदान गरि बिजयी गराउन अपिल गर्नुभयो ।

भट्टराई ले कम्युनिष्ट बिचारधारा छाडेर काग्रेस सङ्ग आत्मसमर्पण गरेको बताउदै तामाङले आफू सधै बामपंथी भएको र अहिले फेरि बामपंथी एकताको अभियानमा जोडिएको प्रष्ट पार्नुभयो ।

व्यक्तिगत स्वार्थ हेर्ने, राष्ट्रको हित नहेर्ने भट्टराई को आचरण भएको बताउदै श्रेष्ठले गोरखाको विकास भट्टराई गरेको नभई तत्कालीन एकीकृत नेकपा माओवादी ले गरेको प्रष्ट पार्नुभयो ।

पार्टी प्रवेश गर्नु भएका अधिकारीलाई नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् गोरखा जिल्ला क्षेत्र नम्बर दुईको प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ ९प्रकाश० ले अबिरमाला लगाएर स्वागत गर्नुभएको थियो ।

चुनाव प्रचारप्रसारको अन्तिम दिन हिजो (बिहीवार) साझ पालुङटारका प्रभावशाली नेताहरुको प्रवेश र पालुङटार क्षेत्रको भव्य कार्यक्रमले नारायणकाजी श्रेष्ठ समर्थक उत्साहित भएको माओवादी केन्द्रका नेता गुणराज देवकोटाले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!