अाज मध्यान्न १२ बजे धनगढीकाे चुनावी सभालाई ओली र प्रचण्डले संवोधन गर्ने

कैलाली, मंसिर ८ । संयुक्त चुनावी सभालाई संवोधन गर्न पूर्व प्रधानमन्त्रीद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड धनगढी पुगेका छन् ।

आज  अाज मध्यान्न १२ बजे धनगढी स्थित कर्भड हलमा हुने चुनावी सभालार्इ ओली र प्रचण्डले संवोधन गर्नेछन् ।

एमालेका नेता महेश्वर पाठकले  स्थायी सरकार, शान्ती र समृद्धिका लागि दुइ पाटीबीच तालेमेल भएकाले सभामा उल्लेखीय सहभागिता हुने दाबी गरे ।

शान्तीपूर्ण तरिकाले आम सभा सम्पन्न गर्न सबै मततालाई बामगठबन्धले आग्रह पनि गरेको छ ।

यस्तै आमसभा आयोजनाका लागि एमाले कैलालीको सचिवालय सदस्य लक्ष्मण कुवँर प्रमुख रहेको मूल निर्वाचन परिचालन समितिले विभिन्न उपसमिति गठन गरेको छ ।

संयोजक कुवँरका अनुसार घनश्याम भट्टराइ संयोजक र सुरज खाती उपसंयोजक रहेको युवा परिचालन समिति, दिर्घ जोशी संयोजक र डिल्लीराज खड्का उपसंयोजक रहेको यातायात परिचालन समिति, तेजेन्द्र थापा संयोजक र डम्बर भट्टराइ उपसंयोजक रहेको मञ्च व्यवस्थापन समिति दिनेशचन्द्र सुवेदी संयोजक र बसन्त बागचन्द उपसंयोजक रहेको अतिथि सत्कार समिति गठन गरिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!