मतदाताले भन्छन‘डिल्ली चौधरीलाई दलालहरुको संरक्षण गर्न सांसद बनाएका होइनौं’

तुलसीपुर, मंसिर ७ । यहाँका मतदाताहरुले श्रम राज्यमन्त्री डिल्लीबहादुर चौधरीलाई दलालको संरक्षण गरेको प्रति दुःख ब्यक्त गरेका छन् । सोझा साझा जनताले दिएको अमुल्य मतले नै अहिले मन्त्री बन्न सफल भएको भन्दै डिल्लीले ती सोझा जनतालाई लात हानेको उनीहरुको गुनासो छ ।

करोडौ कमाउने लोभ देखाएर सोझासाझा ब्यक्तिलाई बिदेश पठाउने दलाललाई उनले संरक्षण गरेको भनी सञ्चार माध्यममा आएको भन्दै अहिलेको चुनाबमा दिनमा पुनः डिल्ली चौधरीलाई भोट दिने गल्ती नदोहो¥याउने मतदाताहरुको भनाई छ । आफै बैदेशिक रोजगार अन्त्य गर्छौ भन्दै भाषण गर्दै हिड्ने आफैले दलालहरुलाई संरक्षण गरी सोझासाझा जनतालाई बिदेश पलायन गरिरहेको उनीहरुले आरोप लगाए ।

उनीहरुले भने– ‘दुःखी, गरिब जनताको पसिनामाथि राजनीति गर्न डिल्ली चौधरीलाई सांसद बनाएका होईनौं ।’ यहाँका बिकास र गरिब जनताहरुको हकहितका लागि जिताएर पठाएको भएपनि जितिसकेपछि एक पटक पनि फर्केर नआएको गुनासो समेत गरेका छन् ।

ती मतदाताहरुले नाम नबताउने सर्तमा भनेका छन् ‘डिल्लीको यो त सञ्चारमाध्यममा सार्बजनिक भएको खबर हो, भित्रिरुपमा यीनले धेरै घोटाला गरेका हुन सक्छन् ।’ उनले अहिले गाउँमा गएर झुठा आश्वासन दिदै भोट माग्ने गरेको भन्दै सजक भएको मतदाताहरुले बताएका छन् । अब पनि पहिले जस्तै झुठा आस्वासनका पछि लागेर डिल्लीलाई जिताउने हो भने दाङको मुहार कहिल्यै नफेरिने उनीहरुको भनाई थियो ।

पटक पटक काग्रेसलाई जिताएपनि अहिलेसम्म बिकास निर्माणका कामहरु प्रभाबकारी रुपमा अगाडि बढाउन् नसकेको उनीहरुको गुनासो थियो । आफ्ना आफन्ती, आसेपासेमा मात्रै बिकास गर्ने तर आम जनतामाझ कुनै वास्ता नगर्ने गरेको उनीहरुले बताएका छन् । अहिले पनि गाउ गाउमा गएर यो गरिदिन्छु, उ गरिदिन्छु भन्दै आस्वासन दिने गरेको भन्दै आफुहरु त्यसको पछि नलाग्ने समेत मतदाताहरुले बताएका छन् ।

अहिले दुईवटा ठुला दल एमाले र माओवादी केन्द्रको चुनाबी गठबन्धन भएपछि काग्रेसहरु अत्तालिएको भन्दै अहिले नकारात्मक कुरा गर्दै हिडिरहेको उनीहरुले बताएका छन् ।

बामपन्थिले दुई तिहाई बहुमत ल्याएर स्थायी सरकार चलाउने भएपछि मतदाताहरु उत्साहित भएका छन् । मतदाताहरु अब ५ बर्षसम्म एउटै सरकारले देश चलाउने र त्यसो भएमा देश सम्बृद्ध र बिकसित हुने समेत बताएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!