गरिब जनताको लागि लड्ने बामपंथी शक्तिः सागर

बिमल खड्का

आसन्न प्रदेश र प्रतिनिध सभा सदस्य उमेदवारका लागि हुनेस निर्वाचनको प्रचार अभियानका क्रममा आज बडिगाड गाउपालिकाको वडा ७ भीमगिठेमा चुनावी सभा सम्पन्न भएको छ।

बागलुङ क्षेत्र न २ क का प्रदेस सभा सदस्य उमेदवार एव बाम गठबन्धनका साझा बामपंथी उमेदार चन्द्र बहादुर बुढा सागरले दुखि गरिव जनताको मर्म बुझ्ने पाटि कम्नियुष्ट भएको बताएका छन ।

नेपालमा पुजीवादी सिद्धान्तले मात्रै बिकाश नहुने भन्दैस समाजवादि सिद्धान्तस मार्फत देशले बिकाशको मुहार फर्ने सक्ने भन्दै अब बाम शक्ति फुटेर नभई जुटेर जनताको मर्म अनुरुप काम गर्ने गठबन्धन हुँदै पाटि एकता गर्ने बताएका छन ।

कार्यक्रममा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले दलित समुदायलाई आरक्षण व्यवस्था समानुपातिक समावेशीता दलितलाई राज्यको पहुचमा ल्याउन लड्ने पाटि बामपंथी शक्ति भएको बताउदै बिगत कमिकम्जोरी जे जे भएपनि यस पटक त्यस्तो गल्ती नगरि बामपंथी शक्तिलाई जिताउन आग्रह गरे ।

बागलुङको मुहार फर्ने बामपंथी शक्तिको जितको आवश्यकता भएको बताएका हुन ।
कार्यक्रममा नेकपा एमाले समानुपातिक उमेदवार मोहनलाल शर्मा नेकपा माओवादिकी समानुपातिक उमेदार दिलमाया रोका लगाएतले आफ्नो मन्तव्य राखेका थिए ।

भने बडिगाड गाउपालिका वडा न ९ का वडा अध्यक्ष कृष्ण केसीको अध्यक्षता७ संयुक्त बाम प्रचार समितिका सचिवालय सदस्य जित बहादुर थापाको स्वागत र सदस्य कृष्ण जैशीको संचालनमा सम्पन्न भएको थियो ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!