डडेल्धुरा पुगेर ओलीको गर्जन– ज्योतिषीका भविष्यवाणीले देश बन्दैन, भ्रमको खेती गर्न छोड

डडेल्धुरा, मंसिर ७ । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लमा पुगेर गठबन्धका नेता तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताले स्थायी सरकारका लगि बामगठबन्धका उम्मेदवार खगराज भट्टलाई भोट हालेर जिताउन डडेल्धुराका जनातलाई आग्रह गरे ।

‘विकास गर्नका लागि १० पटक प्रधानमन्त्री हुनुपर्दैन एकपटक प्रधानमन्त्री भए हुन्छ उनले भने– ‘म प्रधानमन्त्री भएको बेला गरेका काम जनतालाई थाहा छ । अध्यक्ष ओलीले भने– ‘प्रधानमन्त्री शेरबहादुर देउवालई ज्यातिषले सातपटक प्रधानमन्त्री बन्ने भनेकाले उहाँलाई ज्यातिषले प्रधानमन्त्री बनाईदिने भएकाले डडेल्धुरा बासीको भोट नचाहिने हुँदा तपाईले आफ्नो अधिकारका लागि मत बामपन्थीलाई दिनु ।’ डडेल्धुरा जिल्लामा देखिएको जनताको उत्साहले बाम गठबन्धका उमेदवारको जित निश्चित भएको समेत उनले बताए ।

दिउँसो ३ बजे डडेल्धुरा पुग्ने कार्यक्रम भएपनि ओली ५ बजे मात्र आमसभामा सम्बोधन गर्न पुगेका थिए । अध्यक्ष ओलीले सदुरपश्चिमको समृद्ध विकासकालागि पञ्चेश्वर जलविधुत आयोजना, पश्चिम सेती जलविधुत आयोजनाको काम आगामी दिनमा बामपन्थी सरकारले बनाउने भएकोले जनताले कुनैसशंका नगर्न आग्रह गरे ।

उनले भने, ‘चीनसंगको ब्ययापारिक नाका टिकंर सडकलाई ५ बर्ष भित्र पुरा गर्ने लक्ष्यका साथ आघि बढ्दै गएको छ ।’ यस्तै, सरकारले निरिह भएर बसेका कारण बाम गठबन्धनका उम्मेदवरमाथि हमला हुँदै गएकोले सरकाले उक्त अवस्थमा सुरक्षा स्थिति मजबुत नबनाए सरकारको फण्डाफोर गर्ने बताए । देउवा चार पटक प्रधानमन्त्री भईसेकाले डडेल्धुराको विकासमा कुनै किसीमको विकास नभएको अब खगराज भट्टलाई विजयी गराउन सबैलाई अग्रह गरे ।

डडेल्धुरा आभसभा कार्यक्रममा नेपाली काँग्रेस डडेल्धुराका संस्थापक सभापति रामचन्द्र चटौतसहित ५ सय नेता कार्यकर्ता नेपाली काँग्रेस परित्यागगरि बाम गठबन्धनमा प्रवेश गरेका छन् । उनी सँगबाम गठबन्धन तथा माओवादी केन्द्रका महासचिव रामबहादुर थापा ९बादल० र नेकपा एमालेका उपाध्यक्ष भीम रावल डडेल्धुराको सभामा पुगेका थिए ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!