जनमोर्चाले प्रदिप ज्ञवालीलाई जिताउने शेरबहादुर देउवालाई हराउने

प्रेम सुनार

गुल्मी, मंसिर ७ । गुल्मीमा वामगठबन्धनलाई समर्थन नगरेको राष्ट्रिय जनमोर्चाले समेत क्षेत्र नम्वर १ का वामगठबन्धनका साझा उम्मेदवार प्रदिपकुमार ज्ञवालीलाई भोट हाल्ने निर्णय गरेपछि ज्ञवालीलाई थप सहज भएको छ ।

जनमोर्चाले आज विज्ञप्ती प्रकाशित गरी गुल्मी क्षेत्र नम्वर १ मा प्रतिनिधी सभा उमेदवार प्रदिपकुमार ज्ञवालीलाई जिताउन भोट हाल्ने र उता डढेलधुरामा कांग्रेस सभापति शेरबहादुर देउवालाई हराउन भन्दै वामगठबन्धनका उमेदवार खगराज भट्टलाई भोट हाल्ने निर्णय सार्वाजानिक गरे संगै गुल्मी कांग्रेसलाई मात्र होईन, पार्टी सभापति शेरबहादुर देउवालाई समेत ठुलो झड्का लागेको छ ।

गुल्मीमा साविकको क्षेत्र नम्वर १ र २ मा विगतमा कांग्रेस संग नेकपा एमाले एक्लैले टक्कर गर्दै आई रहेको थियो र २०७० सालको निर्वाचनमा झिनो मतले पराजित भए वाहेक अरु निर्वाचनमा एमालेका उमेदवारले जित्दै आई रहेका थिए ।

यसपालि नेकपा माओवादी केन्द्रसहितको वामगठबन्धनका साझा उमेदवार ज्ञवालीलाई राष्ट्रिय जनमोर्चाले समेत मत हाल्ने निर्णय गरे पछि ज्ञवालीले भारी मतले चुनाव जित्ने आंकलन गठबन्धनले गरेको छ ।

डडेल्धुरामा पनि यस अघि देउवासँग माओवादी केन्द्रका उम्मेदवार भट्ट जम्मा २४ मतले पाराजित भएका थिए अहिले वामगठबन्धनमा एमाले र जनमोर्चाले समेत साध दिए पछि देशका प्रधानमन्त्री एवंख नेपाली कांग्रेस सभापति देउवाले यसपालि भने भारी मतान्तरले हार्ने आंकलन डढेलधुराको राजनैतिक वृत्तमा चर्चा चल्न थालेको बताईएको छ ।

गुल्मीमा प्रदिपकुुमार ज्ञवालीलाई समर्थन गर्ने र डढेलधुरामा खगराज भट्टलाई समर्थन गर्ने राष्ट्रिय जनमोर्चाका केन्द्रिय कार्यकारी अध्यक्ष रश्मीराज नेपालीद्धारा हस्ताक्षरित विज्ञप्तीलाई नेता ज्ञवालीले आफ्नो फेसबुकमा पोष्ट गर्दै धन्यवाद दिएका छन् ।

यस सम्वन्धमा नेता प्रदिपकुमार ज्ञवाली संग सम्पर्क राख्दा वामगठबन्धनलाई थप सहज भएको बताए । अहिले राष्ट्रिय जनमोर्चाले प्रतिनिधी सभाका लागि म आफुलाई समर्थन गरेको छ। ‘प्रदेशका विषयमा पनि छलफल साथीहरुले चलाएको हुनु पर्छ’– ज्ञवालीले भने– ‘गुल्मीमा वाम गठबन्धन थप मजवुद भएको छ।’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!