‘मिस युनिभर्स २०१७’ को लागि नग्मालाई जिताउने होइन त ?

मंसिर ६ । यो वर्षको ‘मिस यूनिभर्स’मा सहभागी हुन नग्मा श्रेष्ठ अमेरिका पुगेकी छिन् । उनी अहिले अमेरिकाको लस भेगासमा ‘मिस यूनिभर्स’को तयारी गरिरहेकी छिन् । ‘मिस नेपाल यूनिभर्स’ नग्मा ‘मिस यूनिभर्स’ मा आफ्नो नाम रजिष्ट्रेशन गरेर विभिन्न राउण्डका लागि आफूलाई तयार गरिरहेकी छिन् ।

पहिलो पटक यो प्रतियोगीतामा सहभागी भएकी नग्माले आफ्नो मिहिनेतलाई सफल पार्न भोट निकै आवश्यक भएको बताएकी छिन् । उनलाई नोभेम्बर २० तारिखदेखि भोट गर्न सकिने छ ।

आफ्नो जिमेलबाट दिनमा १० भोट गर्न सकिने नग्माले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । नोभेम्बर २६ मा हुने फाइनलमा आफ्नो देशको संकृति झल्किने भेषभुषा प्रस्तुत गर्ने नग्माको भनाई छ ।

नग्माले पहिलो पटक ‘मिस यूनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्न पाउँदा खुशी लागेको भन्दै सबै नेपालीको सहयोगको अपेक्षा गरेको बताइन् । उनलाई ट्वीटर मार्फत पनि भोट गर्न पाइने छ । त्यसको लागि हृयासट्याग #missuniverse / #Nepal गर्नुपर्छ र यसको री ट्वीट काउन्ट हुनेछ ।

नग्मालाई भोट गर्नका लागि यो तलको लिंकमा क्लिक गरी गर्न सक्नुहुने छ–

https://missuniverse.votenow.tv

कमेन्ट गर्नुहोस्

error: Content is protected !!