रोल्पाबाट काे-को उठ्दैछन् चुनाव प्रतिस्पर्धामा ?

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुन अब चार दिनमात्र बाँकी 

रोल्पा, मंसिर ६ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अब ४ दिनमात्रै बाँकी छ । यतिबेला रोल्पामा निर्वाचनको सगर्मी निकै बढेको छ । रोल्पाका उम्मेदवारहरु आ–आफ्नै दावी गरिरहेका छन् ।

प्रतिनिधि सभा सदस्यका लागि ८ वटा राजनीतिक दलबाट ८ जनाले उम्मेदवारी दिएपनि अब रोल्पामा संयुक्त वाम गठन्धनका उमेद्वार एवं नेकपा माओवादी केन्द्रका प्रभावशली एवं बरिष्ठ नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनमगर ‘अनन्त’ र सिचाई राज्यमन्त्री एवं नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिंह पुनमगरबीचमा नै कडा प्रतिप्रर्धा हुने भएको छ ।

माओवादीका नेता वर्षमान पुनमगर नेकपा माओवादी केन्द्रका प्रभावशली नेताको रुपमा मानिन्छन् । संगठनबाट क्षेत्रबाट जनमुक्ति सेनाको कमिसारको रुपमा काम गर्दै शान्तिकालमा जनमुक्ति सेना संमायोजन हुँदा डेपुटी कमाण्डरको भूमिका निर्वाह गर्नुभएको थियो ।

पार्टी भित्रको राजनीतिमा इमान्दार पूर्व भूमिका निर्वाह गर्दै सचिव बन्नुभयो भने वाह्य मोर्चामा पूर्व अर्थमन्त्री भएर राम्रै प्रभाव छोड्नुभएको छ । हाल पुन संगठनभित्र र बाहिर युवा तथा अन्य वर्गलाई व्यवस्थापन गर्ने र परेको बेलामा नेता कार्यकर्ताहरुलाई सहयोग गर्दै कार्यकर्ताहरुको भावना पनि जित्नुभएको छ ।
अर्थमन्त्री हुँदा रोल्पा जिल्लामा सडक, युवा क्लब, महिला समूह लगायतलाई साना तथा ठूला योजना प्रदान गरेर अधिकाँश रोल्पालीको नजरमा विकास प्रेमी नेताको रुपमा चिनिनुभएको छ । वर्षमान पुनमगरका प्रतिषपर्धी अमरसिंह पुनमगर पनि नेपाली कांग्रेस रोल्पाको सभापति हुनुहन्छ । समानुपातिक सभाषद्को जिम्मेवारी बहन गर्दै हाल सिचाई राज्यमन्त्री भइ सक्नुभएको छ । उहाँ पनि रोल्पा जिल्लाको विकास गरेको दावी गर्नुहुन्छ ।

उहाँले रोल्पा जिल्लाको विकास निर्माणको लागि आफू अहोरात्र खटेको बताउनुभएको छ । उहाँले पनि रोल्पा जिल्लाको विकासमा योगदान गरेको बताउँदै आफूलाई विजयी गराउने आशा व्यक्त गर्नुभएको छ ।

प्रदेश सभाको निर्वाचनको लागि रोल्पा क्षेत्र नं.१ मा पनि ८ वटा राजनीतिक दलबाट ८ जना उमेद्वारले दर्ता गरेका छन् । तर त्यसमा पनि माओवादी केन्द्रका नेता एवं संयुक्त वाम गठबन्धनका नेता कुलप्रसाद केसी र नेपाली कांग्रेसका उमेद्वार शेरबहादुर महरा बीचमा प्रतिष्पर्धा हुने भएको छ ।

कुलप्रसाद केसी युवाकालदेखि राजनीतिमा लागेर हालसम्म सार्वजनिक पदमा नगई पार्टीको आन्तरिक संगठन परिचालनमै समय खर्चिएका नेता मानिनुहुन्छ । तर पनि पार्टी भित्र र बाहिर युवा परिचालन तथा युवार्गको नेताको रुपमा परिचित हुनुहुन्छ । रोल्पा जिल्लाको पूर्वी क्षेत्रमा पहिलो पटक उमेद्वार बन्नु भएका  केसीले आफूलाई प्रदेशको मुख्य मन्त्रीको दावेदारको रुपमा प्रस्तुत गर्नुभएको छ । जेल जीवन र हिसासत एवं अन्य कारणबाट चर्चा पाउनुभएको नेता केसी हाल निर्वाचनमा खरोरुपमा आफू र कार्यकर्ताहरुलाई परिचालन गरी निकै विवेकपूर्ण तरिकाले योजना निर्माणका साथ लागेको बताउनुहुन्छ ।

केसी र संयुक्त वाम गठबन्धनको चुनाव परिचालन समितिले केसीको विजयी हुन सक्ने दावी गरेका छन् ।

प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसबाट शेरबहादुर महरा पनि चुनावमा भेगीय नाराका साथमा निर्वाचनमा होमिनु भएको उहाँहरुले पनि आफूहरु रोल्पा क्षेत्र नं। १ मा विजयी हुने दावी गर्नुभएको छ ।

नेपाली कांग्रेसको आफ्नो मत संख्या राम्रो रहेको र त्यसमा पनि राप्रपा नेपालको मत पनि आउने भएकोले दावी गरेको बताएका छन् ।यस्तै रोल्पा क्षेत्र नं। २ मा प्रदेश सभाका लागि नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य दिपेन्द्र कुमार पुनमगर ‘सिजल’ पनि रोल्पा क्षेत्र नं। २ मा मात्रै नभएर रोल्पा जिल्लामै कुटनैतिक तथा पहलकर्ताको रुपमा परिचित छन् ।

नेता पुनमगरले रोल्पा जिल्लामा माओवादी केन्द्रको बलियो आधार र त्यसैमा पनि नेकपा एमालेले पनि संयुक्त वाम गठबन्धनका उमेद्वावारको तर्फबाट अगाडि सारेकोले गर्दा आफू विजयी हुने बताउनुभयो । यसै गरी नेपाली कांग्रेसका जिल्ला समिति सदस्य एवं राजनीति क्षेत्रमा नै लागि रहेका खगेन्द्र प्रकाश हमालले पनि चुनावी अभियानलाई निकै तिव्रता दिएका छन् । तिनीहरु चुनावी सभा एवं प्रचारात्मक कार्यलाई निकै लागेका छन् ।

चुनावी प्रतिषप्रर्धा भएपनि रोल्पा जिल्लामा हालको निर्वाचन परिणाम बाम गठबन्धनको पोल्टामा पर्न सक्ने रोल्पाका राजनीतिक विश्लेषकहरु बताउनु भएको छ । रोल्पा जिल्लामा नेपाली कांग्रेसले आफ्नो राजनीतिक विचार र लोकतन्त्रलाई बचाउनका लागि उमेद्वार दिए पनि प्रतिनिधिसभा र रोल्पा क्षेत्र नं.२ मा भरी माओवादी केन्द्र नै विजयी हुने कांग्रेसकै नेताहरुले बताएका छन् । नेपाली कांग्रेसले रोल्पा क्षेत्र नं.१ मा भरी आफ्नो पनि दावी रहेको बताएको छ । प्रतिनिधि सभाका उमेद्वार वर्षमान पुनमगरले आफ्नो र आफ्नो पार्टीका विजय शुनिश्चत भएको दावी गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!