२७ वर्षपछि फेरि देखा परिन् शिल्पा

एनआरआईसँग विवाह बन्धनमा बाँधेकी थिइन्

मुंबई, मंसिर ४ । 90’s को चर्चित अभिनेत्री शिल्पा शिरोडकर ४८ वर्षकी भएकी छिन् । २० नोभेम्बर, १९६९ का दिन मुम्बईमा जन्मिएकी शिल्पाले अन्तिम पटक ७ वर्ष पहिले २०१० मा यस चलचित्र ‘बारुद’ देखा परेकी थिइन् ।

हालैमात्र केही समयअघि मात्र उनले बलिउड स्टाइलिस्ट शाइना नाथकी मेहेंदी सेरेमनीमा पनि देखिएकी थिइन्, जहाँ उनलाई चिन्न मुश्मिल परिरहेको थियो ।

२७ वर्ष पहिले १९९० मा रिलिज भएको चलचित्र ‘किशन कन्हैया’ मा बोल्ड अवतारमा देखिएकी शिल्पा अब निकै परिवर्तन भएकी छिन् । १७ वर्ष पहिले उनले एक एनआरआई बैंकरसँग विवाह बन्धन बाँधिएकी थिइन् ।

११ जुलाई, १००० को शिल्पाले युके बेस्ड बैंकर अपरेश रन्जितसँग विवाह गरेकी थिइन् । १००३ मा उनले छोरीको जन्म दिएकी थिइन् । १४ वर्षकी भएकी छिन् उनकी छोरी अहिलेसम्म फिल्मी क्षेत्रबाट निकै टाढा रहेकी छिन् ।

जी टिभी च्यानलबाट प्रसारित हिन्दी सिरियल ‘एक मुठ्ठी आसमान (२०१३–१२) मा मुख्य भूमिका निभाएपछि शिल्पाले स्टार प्लस के शो ‘सिलसिला प्यार का’ मा पनि काम गरेकी थिइन्। यी सिरियलमा शिल्पाले आमाको भूमिका खेलेकी थिइन् । आगामी स्लाइड्सपर, बोल्ड एक्ट्रेसपछि अब आमाको भूमिका निर्वाह गर्ने भएकी छिन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!