एमबिबिएस प्रवेश परीक्षामा चिट चोराउने छुटे, परीक्षा रद्द

काठमाडौं, मंसिर ४ । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) एमबिबिएस प्रवेश परीक्षामा चिट चोराउने गिरोहका १२ जना न्यूनतम धरौटीमा छुटेका छन् । दुई भारतीय भने जेल चलान भएका छन् । आइतबार काठमाडौं जिल्ला अदालतले दुईजनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ भने अन्य १२ जनालाई सामान्य धरौटीमा छाड्ने आदेश दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीले बताए ।

भारतीय नागरिकद्वय विशवदेव र सौभरकुमारलाई जेल चलानको आदेश भएको हो ।

अदालतले गिरोहका नाइके समीर झालाई ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ । अन्य १२ जना प्रतिव्यक्ति २५ हजार रुपैयाँका दरले धरौटी तिरेर छुटेका छन् । प्रहरीले उनीहरूविरुद्ध संगठित अपराध, ठगी र साइबर क्राइम मुद्दा चलाएको थियो । पक्राउ परेकाहरू डा.सुशील मण्डल, अभय मिश्र, शैलेन्द्रकुमार झा, देवेश झा, नवराज निरौला, आशुतोष झा, हिरेन्द्र शर्मा, मुकेश राय छुटेका छन् । चिट चोर्ने क्रममा पक्राउ परेका विद्यार्थी राहुल झा, शिखा झा, महेन्द्र ठाकुर पनि धरौटीमा छुटेका छन् ।

महानगरीय अपराध महाशाखाले २८ असोजमा गिरोहका नाइके र विद्यार्थीलाई पक्राउ गरेको थियो । करिब ४० दिन हिरासतमा राखी संगठित अपराध मुद्दा चलाइएको थियो । तर, मेडिकल शिक्षामा भएको गम्भीर किसिमको संगठित अपराध मुद्दामा पनि सामान्य धरौटीमै छाडेपछि आफूहरूले गरेको मेहनतले सार्थकर्ता नपाएको प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरीले दुई व्यक्तिलाई फरार अभियुक्त बनाएर मुद्दा दायर गरेको छ । थप पाँच भारतीय विद्यार्थीले गोप्य डिभाइसमार्फत चिट चोरी गरेको खुले पनि उनीहरू फरार छन् । पक्राउ परेका दुई भारतीयले उनीहरूलाई चिट चोराएका थिए । जेल चलान भएका दुई भारतीय र समीर झाको समूह फरकफरक भएको समेत अनुसन्धानमा खुलेको छ ।

परीक्षा रद्द

२८ असोजमा लिइएको आइओएमको प्रवेश परीक्षा रद्द गरिएको छ । धेरै विद्यार्थीले गोप्य डिभाइसमार्फत चिट चोरेको पुष्टि भएपछि प्रवेश परीक्षा रद्द गरिएको हो । त्रिवि कार्यकारी परिषद्को निर्देशनमा आइओएमले आइतबार परीक्षा रद्द गर्ने निर्णय गरेको छ । नयाँ परीक्षाको मिति छिट्टै तोकिने जनाइएको छ । परीक्षामा करिब ९ हजार विद्यार्थी सहभागी थिए । परीक्षामा चलखेल

कमेन्ट गर्नुहोस्

error: Content is protected !!